Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बूढीगण्डकी फेरि नीतिगत अन्योलमा, बजेटमार्फत प्राधिकरण मोडेल अघि सारियो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2026
0 shares

काठमाडौँ । राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना फेरि नीतिगत अन्योलमा परेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयोजनालाई अधिकारसम्पन्न प्राधिकरण मोडेलमार्फत अघि बढाउने घोषणा गरेपछि यसअघि स्वीकृत कम्पनी मोडेलबारे प्रश्न उठेको हो। चालु आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गरिने बताएका थिए भने ऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालमा कम्पनी मोडेलको तयारी गरिएको थियो।

विगत डेढ दशकदेखि बूढीगण्डकी आयोजना विभिन्न सरकार र नेतृत्व परिवर्तनसँगै पटक–पटक मोडालिटी परिवर्तनको सिकार बन्दै आएको छ। कहिले सरकारी लगानी, कहिले विदेशी कम्पनीमार्फत निर्माण, कहिले स्वदेशी स्रोत परिचालन तथा कहिले कम्पनी वा प्राधिकरण मोडेलको अवधारणा अघि सारिँदा आयोजना अझै निर्माण चरणमा प्रवेश गर्न सकेको छैन। ऊर्जा क्षेत्रका जानकारहरूले बारम्बारको नीतिगत परिवर्तनले लगानीकर्ताको विश्वास कमजोर हुने, कार्यान्वयनमा ढिलाइ हुने र लागत बढ्ने जोखिम रहेको बताएका छन्।

पूर्व ऊर्जासचिव देवेन्द्र कार्कीले मोडालिटीभन्दा स्रोत सुनिश्चितता महत्वपूर्ण विषय भएको बताएका छन्। उनका अनुसार जुनसुकै मोडेलबाट आयोजना निर्माण गर्न सकिने भए पनि नीतिगत बहसमा अल्झिँदा आयोजना वर्षौंसम्म पछाडि धकेलिने अवस्था सिर्जना भएको छ। सरकारले आर्थिक वर्ष २०६९/७० मा बूढीगण्डकीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो भने त्यसबेला २०८३/८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

पछिल्लो स्वीकृत मोडालिटीअनुसार आयोजनाको अनुमानित लागत करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ भने निर्माण अवधिको ब्याज जोड्दा लागत ४ खर्ब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। मन्त्रिपरिषद्ले २०८२ माघमा स्वीकृत गरेको ढाँचाअनुसार बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत स्वामित्व रहने व्यवस्था गरिएको थियो। आयोजनाको वित्तीय संरचना ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपूँजी (इक्विटी) मा आधारित रहने योजना बनाइएको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भने बूढीगण्डकीलाई केवल विद्युत् उत्पादन परियोजनाका रूपमा नभई ऊर्जा सुरक्षा, जल पर्यटन, शहरी विकास, कृषि तथा अन्य आर्थिक गतिविधिसँग जोडिएको बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन्। उत्पादन लागत घटाउने, बाँधको उचाइ पुनरावलोकन गर्ने तथा वातावरणीय र सामाजिक प्रभाव न्यून बनाउने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ। सरकारले अन्तिम मोडालिटी टुंगो नलाग्दै आधारभूत तयारीका कामलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved