Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा यलम्बर पार्क उद्घाटनमा किचलाे, वडाभन्छ १८ गत्ते काम तमाम गर्छाैँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 30, 2026

खाेटाङ।  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण सम्पन्न यलम्बर पार्क र यलम्बरको प्रतिमा अनावरणलाई लिएर मिति विवाद चर्किएको छ। सुरुमा वडा कार्यालयले वैशाख १८ गते कार्यक्रम तय गरेपछि नगरपालिकाले एक दिनअघि अर्थात् १७ गते उद्घाटन गर्ने तयारी थालेपछि विवाद सतहमा आएको हो।

वडा नम्बर १४ का अध्यक्ष दिनेश राईका अनुसार स्थानीय सरकार सञ्चालन ऐनले वडाभित्र निर्माण भएका संरचनाको संरक्षण, व्यवस्थापन र सञ्चालनको पूर्ण जिम्मेवारी वडालाई दिएको छ। सोही अधिकारअनुसार वडाले साकेला उभौली २०८३ को अवसर पारेर वैशाख १८ गते अनावरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हुन्।

वडाले सार्वजनिक गरेको कार्यक्रमअनुसार प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको प्रमुख आतिथ्यता रहने तथा चर्चित कलाकार दयाहाङ राई र गायक राजेश पायल राईको विशेष उपस्थिति रहने तयारी गरिएको थियो। यस कार्यक्रमलाई सफल बनाउन वडा कार्यालयले स्थानीयवासी, नगरबासी र समग्र खोटाङवासीलाई सहयोग गर्न अपिल समेत गरेको थियाे।

तर, वडाले १८ गते कार्यक्रम घोषणा गरेपछि नगरपालिकाले १७ गते नै अनावरण गर्ने तयारी अघि बढाएको भन्दै वडापक्षले असन्तुष्टि जनाएको छ। वडाले यसलाई अनावश्यक हस्तक्षेप र समन्वयविहीन निर्णयको रूपमा व्याख्या गरेको छ।

यसैबीच, किरात राई यायोख्खा केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिमा निर्माण र अनावरण प्रक्रियामा पर्याप्त समन्वय नभएकोप्रति आपत्ति जनाएको छ। यायोख्खाले प्रतिमा निर्माणमा आफ्नो ऐतिहासिक संलग्नता रहेको दाबी गर्दै मिति, आयोजक र प्रमुख अतिथिका विषयमा देखिएको विवादले समुदायमा भ्रम र विभाजन सिर्जना गरेको उल्लेख गरेको छ।

यायोख्खाले संयुक्त रूपमा नयाँ मिति तय गरी कार्यक्रम गर्न, दुवै पक्षका प्रस्तावित प्रमुख अतिथिलाई समान हैसियतमा सहभागी गराउन र एकपक्षीय कार्यक्रम नगर्न आग्रह गरेको छ। अन्यथा आफ्ना सबै संरचना र सम्बद्ध संस्थालाई त्यस्ता कार्यक्रममा सहभागी नहुन निर्देशन दिने चेतावनी समेत दिएको छ।

विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले  सूचना जारी गर्दै दुवै पक्षलाई कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ। प्रशासनले फरक–फरक मितिमा कार्यक्रम घोषणा हुँदा जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भावमा असर पर्न सक्ने भन्दै यस्तो निर्णय लिएको जनाएको छ।

प्रशासनले दुवै पक्षलाई आपसी सहमति र समन्वयमार्फत मात्रै कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै विशेषगरी उभौली पर्व, बुद्ध जयन्ती लगायतका संवेदनशील सांस्कृतिक अवसर नजिकिएको अवस्थामा जिम्मेवार बन्न सबैलाई अपिल गरेको छ।

यता वडा अध्यक्ष राईले भने यो पूर्ण रूपमा वडाको क्षेत्राधिकारभित्र पर्ने विषय भएको दोहोर्याउँदै अन्य निकायबाट आउने भ्रमपूर्ण सूचना र निर्णयको पछि नलाग्न स्थानीयवासीलाई आग्रह गरेका छन्। उनले निर्माण सम्पन्न भइसकेको पार्कको व्यवस्थापन जिम्मेवारी वडाको भएकाले कार्यक्रम आयोजना गर्ने अधिकार पनि वडासँगै रहेको बताए।

यसरी एउटै परियोजनाको अनावरण मितिलाई लिएर वडा, नगरपालिका, सामाजिक संस्था र प्रशासनबीच फरक–फरक धारणा सार्वजनिक हुँदा विवाद थप जटिल बनेको छ। अब यसको निकास संवाद, समन्वय र सहमतिमै निर्भर रहने देखिएको छ। भने, नगर प्रमुख तिर्थराज भट्टराईले  वडा अध्यक्ष सहितकाे भेटघाट भएकाे र याे बिषयमा पुन: छलफल भएकाे फेसबुक मार्फत सार्वजनिक गरेका छन्।

पुनश्च:  उक्त यलम्बरकाे ११० फिट अग्लाे प्रतिमा र पार्क निर्माणमा प्रदेश सरकारकाे ७०% र नगरकाे ३०% लागतमा निर्माण सम्पन्न भएकाे हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मनोहरा नदीको धार सच्याउने तयारी तीव्र

  • April 30, 2026

बालेन सरकारको तीव्र कदमः सुधार, विवाद र अपेक्षा

  • April 30, 2026

हर्क भन्छन् , नैतिकताकाे आधारमा राजिनामा देउ बालेन !

  • April 30, 2026

उपत्यकाको नदि किनामा रहेकाे सबै बस्ती हटाईने, शुक्रबारबाट फेरि...

  • April 29, 2026

नागढुंगा सार्वजनिक शौचालय विवाद अख्तियारमा, निलम्बित वडाअध्यक्...

  • April 29, 2026

सामुदायिक विद्यालयमा पनि भर्ना शुल्क असुली, अभिभावक चिन्तित

  • April 28, 2026

बदनाम गर्ने खेल: समावेशितामाथि संगठित प्रहार

  • April 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved