Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नागढुंगा सार्वजनिक शौचालय विवाद अख्तियारमा, निलम्बित वडाअध्यक्षकै सक्रियता माथि प्रश्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 29, 2026
6 shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित त्रिभुवन राजपथ किनारको सार्वजनिक जग्गामा निर्माण गरिएको सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारसम्म पुगेको छ। भूकम्पपछिको पुनर्निर्माण अवधिमा निर्माण गरिएको उक्त संरचना पछिल्लो समय सञ्चालन, भाडा सम्झौता र स्वामित्वको विषयमा प्रश्न उठेपछि अनुसन्धानको दायरामा आएको हो। साे सम्बन्धि अख्तियारले बिबरण उपलभ्ध गराउन भनि २०८२/०८/२८ मा वडा कार्यालयलाई ताकेता पत्रचार गरेकाे थियाे भने, २०८३/०१/१० मा अख्तियारले ” प्रतिकृयासहित प्रमाणित कागज उपलभ्ध गराउन ” भनी पत्र काटेकाे हाे।

२०७२ सालको विनाशकारी भूकम्पपछि निर्माण गरिएको उक्त शौचालय स्थानीय सरकारमार्फत वडा नं. २ कार्यालयको मातहतमा आएको बताइएको छ। साे बिषयमा उक्त कार्यालयमा  हाम्राे टिम जानकारी लिन जाँदा निलम्बित वडाअध्यक्ष भाइकृष्ण तामाङ स्वंम  कार्यालयमा रहेकाे र उनकाे अनुसार, उक्त शौचालय सञ्चालनका लागि विरेन्द्र पाेडे भनिने विरेन्द्र देउलासँग आर्थिक वर्ष २०८०/०८१ देखि लागू हुने गरी चार वर्षे सम्झौता गरिएको थियो। सम्झौताअनुसार मासिक १२ हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ भने प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि हुने व्यवस्था गरिएको उल्लेख छ।

 

यसैबीच, सोही परिसरमा रहेको तीन कोठे अर्को संरचना भने नागढुंगा युवा क्लबको मातहतमा रहेको तामाङले दाबी गरेका छन्। तर, उक्त क्लब २०६२/०६३ मै दर्ता भए पनि पछिल्ला दुई वर्षदेखि नवीकरण नभएको स्रोतले जनाएको छ, जसले उक्त संरचनाको वैधानिकता र सञ्चालनमाथि थप प्रश्न खडा गरेको छ।

तर, २०८१ साल माघ महिनामा विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै भाइकृष्ण तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवाना तोकेको थियो। सो निर्णयसँगै उनी स्वतः पदबाट निलम्बनमा परेका हुन्। तर, त्यसपछि पनि उनी वडा कार्यालयमा सक्रिय देखिनु र  कार्य कक्षमै पत्रकारहरूलाई स्थानीय सरकार सञ्चालन ऐनबारे पाठ पढाउनुले थप विवादको विषय बनेको छ।

उक्त शौचालय प्रकरणबारे नगर प्रमुख घनश्याम गिरीसँग प्रतिक्रिया लिन खोज्दा उनले “यस विषयमा नगरलाई जानकारी छैन, सम्बन्धित वडाको जिम्मेवारी हो” भन्ने प्रतिक्रिया दिएका छन्। तर, विवाद सार्वजनिक भएसँगै अख्तियारबाट पत्राचार भएकाे थियाे। भने, नगर प्रहरीकै उपस्थितिमा वडा कार्यालयले उक्त शौचालयमा तालाबन्दी गरेको तथ्यले नगर र वडाबीचको जिम्मेवारी र समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ।

याे पनि पढ्नुहाेस👇️https://www.reportersnepal.com/2025/01/1049539/?utm_source=chatgpt.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved