काठमाडौं — लामो समयदेखि प्रतीक्षामा रहेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै जेजी २.०का प्रबक्ता अविन लिम्बुले त्यसप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन ।
लिम्बुले प्रतिवेदन सार्वजनिक हुनु पारदर्शिता र जवाफदेहिताको दिशामा महत्वपूर्ण कदम भएको बताएको छ।


संगठनले प्रतिवेदन सार्वजनिक हुनु मात्र पर्याप्त नहुने स्पष्ट गर्दै दोषी देखिएका व्यक्ति वा निकायमाथि राजनीतिक प्रभावबिना कारबाही हुनुपर्नेमा जोड दिएको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार तथा सम्पूर्ण प्रक्रिया पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने माग समेत गरिएको छ।

लिम्बुले “न्याय ढिला भए पनि सुनिश्चित हुनुपर्छ” भन्ने आफ्नो धारणा दोहोर्याउँदै अब युवापुस्ताले केवल प्रतिवेदन होइन, त्यसको परिणाम देख्न चाहेको जनाएको छ।
“प्रतिवेदन मात्र होइन, न्याय चाहिन्छ” भन्ने नारासहित आफूहरू अगाडि बढ्ने प्रबक्ता लिम्बुले जनाएको छन।


















