Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, बालेनलाइ दलकाे नेता बनाईने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 24, 2026
0 shares
काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीले चैत १२ गते बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय चःमतिमा बैठक बस्ने जनाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणलगत्तै बस्ने यस बैठकलाई महत्त्वपूर्ण मानिएको छ । संसद सचिवालयले पनि बिहीबार नै नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । त्यसपछि रास्वपाले केन्द्रीय समिति बैठकमार्फत दलको नेतृत्व टुंग्याउने योजना बनाएको हो ।
रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको थियो । सोही अनुसार उनलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् । हालको विधानअनुसार संसदीय दलको नेता चयनका लागि उम्मेदवारहरूबीच निर्वाचन हुने व्यवस्था रहेको छ, जसमा पार्टीका साधारण सदस्यहरू पनि मतदाता हुन पाउने प्रावधान छ । तर, यसलाई परिमार्जन गर्दै वरिष्ठ नेतालाई प्रत्यक्ष प्रस्ताव गरेर नेता चयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ समर्थन प्राप्त गरेको छ । त्यसैले पार्टीभित्र नेतृत्व चयन प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ । यो बैठकबाट रास्वपाको संसदीय दलको नेता चयन हुने र त्यसले आगामी सरकार गठनको प्रक्रियालाई समेत प्रभावित गर्ने देखिएको छ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved