Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इलाम अस्पतालमा भएको उपकरण प्रयोजमा आएन, जनशक्तिका लागि इलामका ठुला नेताले चासाे दिएन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 23, 2021
51 shares

इलाम।इलाम अस्पताललाई १५ शैय्याबाट स्तरवृद्धि गरेर ५० शैय्याको बनाइएको वर्षौं वित्यो । तर, अस्पतालको स्तरोन्नती कागजमा मात्र सीमित छ । सोही अनुसारको सेवासुविधा नहुँदा नागरिकले अस्पताल स्तरोन्नती भएको महसुस गर्न पाएका छैनन् । डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभाव त छ नै त्यसमा पनि भएको उपकरण र आएको स्रोत साधनको समेत उपयोग नहुँदा अस्पतालले अपेक्षित सेवा दिन सकेको छैन ।

थोरै स्वास्थ्य उपकरण छन् तर जनशक्तिको अभावले माकुराले जालो लगाइरहेको छ । जनशक्ति र सामग्रीकै अभावमा अस्पतालले सेवा दिन नसकेका कारण इलामका हेभ्भीवेट नेताहरु झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङसँग जिल्लाबासीले बेला बेला आक्रोस पोख्दै आएका छन् । जिल्लाका पहुँचवाला नेताहरुको बेवास्ताका कारण अस्पतालमा आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीको अभाव हुने गरेको जिल्लाबासी गुनासो छ । जब जब स्वास्थ्य संकट पर्दछ तब तब खनाल र नेम्बाङ्गले ‘काम नगरेको’ गुनासोले सामाजिक सञ्जाल पोतिने गरेको छ । तर, अस्पतालमा भएका कतिपय उपकरणहरु समेत सञ्चालनमा आउन नसक्दा विरामीले सेवाबाट वञ्चित हुनु परेको छ ।

डाइलासिस मेशिन थन्कियो

रोटरी क्लब र इलाम नगरपालिकाले खरिद गरेर दिएको महङ्गो चार थान डायलासिस मेशिन सञ्चालन हुन नसक्दा इलाम, पाँचथर र ताप्लेजुङ्गका मृगौला रोगीहरुले डाइलासिस सेवाबाट वञ्चित हुनु परेको छ ।

इलाम नगरपालिका र रोटरी क्लब धरानले छ महिनाअघि इलाम अस्पताललाई मेशिन हस्तान्तरण गरेको हो । मेशिन समेत अस्पतालमा जडान गरिएको छ । डायलासिस मेशिन सञ्चालन गर्नका लागि इलाम नगरपालिकाले एक जना नर्सको ब्यवस्था गरिदिएको छ । अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम पनि दिइएको छ ।

इलाम नगरपालिकाले व्यवस्था गरेको नर्ससहित दुई जना स्वास्थ्यकर्मीले तालिम लिइसकेका छन् । तर, उनीहरुले अन्तै काम गरिरहेका छन् । डायलासिस मेशिन त्यसै थन्क्याएर राखिएको छ । इलाम नगरपालिकाको १५ लाख र रोटरी क्लबको ४५ लाख रुपैयाँ गरी ६० लाख बराबरको स्वास्थ्य उपकरणबाट विरामीले सेवा लिन सकिरहेका छैनन् । जनशक्ति नभएको र तालिमसमेत पूरा नभएकाले डाइलासिस सेवा दिन नसकिएको अस्पताल प्रमुख डा। प्रभू साह बताउँछन् ।

यता अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले भने उपकरण चलाउनका लागि दुई जना स्वास्थ्यकर्मीले तालिम लिएको तर कोभिडका कारण सञ्चालनमा आउन नसकेको बताए । उनले आवाज अनलाइनसँग भने, ‘कोभिड साम्य हुने वित्तिकै सेवा दिन थाल्छौं ।’

पाठेघरको मुखको क्यान्सरको थेरापी गर्ने मेशिन पनि थन्कियो

करुणा फाउन्डेशनले अस्पताललाई दिएको झण्डै सात लाख बराबरको क्रायो थेरापी मेशिन पनि प्रयोगमा आउन सकेको छैन । महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक उपचारका लागि प्रयोग हुने क्रायो थेरापी मेशिन फाउन्डेशनले दुई वर्षअघिनै अस्पताललाई हस्तान्तरण गरेको हो ।

फाउन्डेशनले जिल्लाका गाउँ गाउँमा शिविर सञ्चालन गर्दा पाठेघरको मुखको क्यान्सरको समस्या भएका महिलाहरु भेटिएका थिए । त्यसपछि विरामीले जिल्लामै सेवा लिन सकून भन्ने उदेश्यले फाउन्डेशनले अस्पताललाई मेशिन खरिद गरेर दिएको हो । तर, यो मेशिनको प्रयोग नहुँदा अहिले पनि विरामीहरु विपी मेमोरियल धरान धाउन बाध्य छन् ।

जनशक्तिको अभावकै कारण यो मेशिनको पनि प्रयोग हुन नसकेको र यो सुविधा लिने विरामीसमेत नआउने गरेको अस्पतालका प्रमुख डा। साह बताउँछन् । ‘यो मेशिन ठूलो ठाउँमा मात्र चल्छ । यहाँ यसको काम छैन ।’ डा। साहले आवाज अनलाइनसँग भने, ‘बरु उपयोग हुने ठाउँलाई दिए हुन्छ ।’

अक्सिजन प्लान्ट पनि अनिश्चित

सरकारले भरखरै इलामसहित पूर्वका ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम, खोटाङ्ग, खोलुखुम्बुका अस्पताललाई अक्सिजन प्लान्ट राख्नका लागि ७५ लाखको दरले बजेट विनियोजन गर्यो । स्वास्थ्य उपकरणको अभाव झेलिरहेको इलाममा ७५ लाखको अक्सिजन प्लान्ट बन्ने कुराले जिल्लाबासीलाई निकै उत्साहित बनायो ।

जिल्लाका हेभ्भीवेट खनाल र नेम्बाङ्गका कार्यकर्ता बीच त आफ्नो नेताको पहलमा रकम विनियोजन भएको हो भनेर प्रचारयुद्धनै चल्यो । तर, अहिलेसम्म प्लान्ट राख्ने प्रक्रिया अघि बढ्न सकेको छैन । आर्थिक वर्षको अन्त्यमा विनियोजन भएको यो रकम फ्रिज भएर जाने संभावना बढी देखिन्छ । खरिद प्रक्रिया लामो हुने भएपनि अहिलेसम्म खरिद प्रक्रिया शुरु नभएकाले प्लान्ट बन्ने निश्चित छैन । बजेट विनियोजन भए पनि स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालय प्रदेश नं। १ ले टेण्डर खोल्नका लागि आवश्यक पर्ने दर रेट दिन नसक्दा टेण्डरको प्रक्रिया अघि बढाउन नसकिएको अस्पतालले जनाएको छ ।

निर्देशनालय र मन्त्रालयलाई दर रेट माग गर्दा पनि हालसम्म प्राप्त नभएकाले टेण्डर प्रक्रिया अघि बढाउन नसकिएको अस्पतालले जनाएको छ । चार वटा फर्मसँग अस्पतालले सम्पर्क गरेर दररेट माग्दा उनीहरुले पनि दररेट उपलबध गराउन नसकेको अस्पतालका ब्यवस्थापक खतिवडाले बताए । ७५ लाख रुपैयाँले प्लान्ट राख्न नसकिने भएकाले दर रेट फर्मले समेत दिन नसकेको हुन सक्ने व्यवस्थापक खतिवडाले बताए ।

डाक्टरको दरबन्दी १४, हाल एक जना मात्र

इलाम अस्पतालको मूख्य समस्या भने जनशक्तिको अभाव हो । अस्पतालको स्तरवृद्धि गरिएपछि यहाँ विशेषज्ञसहित १४ जना डाक्टर र ५९ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, हाल स्थायी डाक्टर भने एक जना मात्र छ । स्त्री रोग विशेषज्ञ डा। प्रभू साह मात्र स्थायी दरबन्दीका डाक्टर हुन् । करार छात्रवृत्तिका सात जना डाक्टरहरु छन् । बाँकी डाक्टरको दरबन्दी खाली छ ।

यसरीनै २७ जना स्वास्थ्यकर्मी मात्र अहिले कार्यरत छन् । दरबन्दी अनुसारको डाक्टर र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको अस्पतालले जनाएको छ । दरबन्दी अनुसार जनशक्ति माग गरेर पत्राचार गरे पनि हालसम्म जनशक्ति नपठाएको डा साहले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved