भक्तपुर । नेपाली कांग्रेस, भक्तपुरले प्रतिनिधि सभामा निर्वाचित दुई समानुपातिक सांसदहरूलाई बधाई दिएको छ ।
बिहीबार भक्तपुर कांग्रेसको पार्टी कार्यालयमा सभापति दुर्लभ थापाले समानुपातिक सांसदद्वय मदनकृष्ण श्रेष्ठ र डा.गंगालक्ष्मी अवाललाई बधाई दिँदै कार्यकालको शुभकामना दिएका हुन् । भक्तपुरले समानुपातिकमा दुई जना सांसद पाएको भन्दै सभापति थापाले खुसी व्यक्त गरेका छन् ।

बधाई तथा स्वागत कार्यक्रममा भक्तपुर कांग्रेसका नेताहरूको उपस्थिति रहेको थियो ।










