Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

 गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्लान् त राष्ट्रपति पाैडेलले !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 19, 2026
0 shares

काठमाडौँ  । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिसले राष्ट्रपति रामचन्द्र पौडेल अलमलमा परेका छन् । निर्वाचन सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै १ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो ।

राष्ट्रपति पौडेलले नयाँ जनादेशसहितको सरकार निर्माण भइरहेकाले चुनावी सरकारको निर्णय ‘होल्ड’ मा राखेका हुन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नजिरलाई अघि सारेर सिफारिस रोकेका छन् । २०७४ मा पनि निर्वाचन सम्पन्न भएर नयाँ जनादेश आइसकेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन जनाको नाम सिफारिस गरेका थिए ।

देउवाले त्यतिबेला सिफारिस गरेका चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतको नाम तत्कालीन राष्ट्रपति भण्डारीले ‘होल्ड’ मा राखेकी थिइन् । देउवा प्रधानमन्त्रीबाट बिदा भएर केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि उक्त सिफारिस सरकारले फिर्ता लिनुका साथै नयाँ नाम पठाएको थियो । ओली नेतृत्वको मन्त्रिपरिषद्ले सिफारिस गरेका रामनारायण विडारी, युवराज खतिवडा र विमला पौडेल राईलाई तत्कालीन राष्ट्रपति भण्डारीले तत्काल स्वीकृत गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिएको विषय आफ्नो ‘नोटिस’ मा नभएको बताए । राष्ट्रपतिनिकट स्रोतका अनुसार पौडेलले विगतको नजिरलाई मात्रै नभएर गृहमन्त्री पदमा रहेको व्यक्तिलाई नियुक्त गर्न आनाकानी गरेका हुन् । तर, राष्ट्रपति कार्यालयका एक अधिकारीले सचिव नभएका कारण राष्ट्रपतिसमक्ष लैजाने प्रक्रिया पूरा हुन नपाएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved