Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्वाचन परिणाम प्रतिवेदन आज ४ बजे राष्ट्रपतिलाई बुझाइँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 19, 2026
0 shares

काठमाडौँ ।  निर्वाचन आयोगले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने भएको छ । यता संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रम १२ चैतमा राख्ने तयारी गरेको छ । सांसदको शपथपछि मात्र रास्वपाले संसदीय दलको नेता चुन्ने भएकाले नयाँ सरकार गठनमा समय लाग्ने देखिएको छ ।

आयोगले प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालयबाट बिहीबार अपराह्न ४ बजेको समय पाएको हो । त्यसपछि राष्ट्रपतिले निर्वाचन परिणाम प्रतिवेदन संसद् सचिवालयलाई पठाउनुपर्नेछ । राष्ट्रपति कार्यालय र संसद् सचिवालयले प्रतिवेदन प्राप्त गरिसकेपछि मात्र निर्वाचन परिणामले औपचारिकता पाउनेछ । आयोगको प्रतिवेदन राष्ट्रपति कार्यालयमार्फत पाएपछि मात्र संसद् सचिवालयले शपथसम्बन्धी प्रक्रिया अघि बढाउनेछ ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले निर्वाचन परिणामको औपचारिक जानकारी सचिवालयलाई प्राप्त हुनासाथ शपथसम्बन्धी सूचना आह्वान गरिने बताए । उनका अनुसार सबै निर्वाचित सांसदलाई काठमाडौं आउन लाग्ने समय दिएर शपथको मिति तय गरिनेछ । शपथका लागि काठमाडौं आइपुग्न कम्तीमा एक साताको समय राखेर १२ चैतमा शपथग्रहण कार्यक्रम राख्ने गृहकार्य भएको उनले बताए ।

प्रतिनिधिसभा निर्वाचन ऐनले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष निर्वाचित सांसदले शपथ लिनुपर्ने तोकेको छ । सभामुख र उपसभामुख निर्वाचित नभएको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९१(५) मा उल्लेख छ । संसद् सचिवालयले निर्वाचन परिणामको प्रतिवेदन प्राप्त गरिसकेपछि ज्येष्ठ सदस्य पहिचान गर्नेछ । ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि उनले निर्वाचित भएर आएका सांसदलाई शपथ गराउनेछन् । नयाँ बन्दै गरेको संसद् भवनमा रहेको बहुउद्देश्यीय हललाई सांसदको शपथग्रहण समारोहका लागि तयार गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved