Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

३० लाख ख्रीस्टियनको प्रतिनिधित्व कहाँ?” – भरत गिरीको प्रश्न, समावेशी राजनीतिमाथि बहस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 16, 2026
0 shares

काठमाडौं। आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपालका अध्यक्ष भरत गिरीले नेपालमा करिब ३० लाखको सङ्ख्यामा रहेको ख्रीस्टियन समुदायको राज्य संरचनामा प्रतिनिधित्व नभएको विषय उठाउँदै गम्भीर प्रश्न गरेका छन्।

उनले हालै देशमा आएको राजनीतिक परिवर्तन र “नयाँ राजनीति” को नाराबीच पनि ख्रीस्टियन समुदायको प्रतिनिधित्वको विषय कसैको प्राथमिकतामा नपरेको बताएका हुन्।

गिरीले देशमा आम निर्वाचनपछि गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरू नेतृत्वमा पुगेको र नयाँ अनुहारहरूले सरकार चलाउने अवसर पाएको उल्लेख गर्दै परिवर्तन र समावेशिताको नारा दिने शक्तिहरूले यति ठूलो समुदायको प्रतिनिधित्वबारे चासो नदेखाएकोप्रति आश्चर्य व्यक्त गरेका छन्।

उनका अनुसार नेपालका ख्रीस्टियनहरू पनि यस देशका समान नागरिक भएकाले राज्यका सबै तहमा उनीहरूको सम्मानजनक र न्यायोचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेछ। “सबै जनताको आवाज बन्ने दाबी गर्ने राजनीतिक शक्ति र नेताहरूले ख्रीस्टियन समुदायको अस्तित्व र अधिकारलाई बेवास्ता गर्नु आफैंमा ठूलो विडम्बना हो,” उनले उल्लेख गरेका छन्।

गिरीले नेपाल कुनै एक धर्म वा समुदायको मात्र देश नभई सबै नेपालीहरूको साझा देश भएको उल्लेख गर्दै राज्य सञ्चालन र नीति निर्माणमा सबै समुदायलाई समान अवसर र सम्मान दिनुपर्ने बताएका छन्।

उनले करिब ३० लाखको सङ्ख्यामा रहेको ख्रीस्टियन समुदायलाई निरन्तर बेवास्ता गरिनु लोकतन्त्र र समावेशिताको मूल सिद्धान्तविपरीत हुने चेतावनी दिएका छन्।
“अब समय आएको छ—यो विभेदलाई चुनौती दिने, न्यायपूर्ण प्रतिनिधित्वको माग गर्ने र सबै समुदायलाई समान सम्मान दिलाउने,” उनले भनेका छन्।

गिरीको यस धारणा सार्वजनिक भएपछि धार्मिक तथा सामाजिक समावेशिताको विषयमा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved