Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राईलाई गोधूलि भानु काव्य सम्मान प्रदान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2025
0 shares

काठमाडाैँ । गोधूलि कला, साहित्य प्रतिष्ठानले खोटाङका साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राईलाई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ प्रदान गरिएको छ । २१२ औं भानुजयन्तीको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकार एवं सञ्चारकर्मी राईलाई नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धन र संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै ‘गोधूलि भानु काव्य सम्मान’ प्रदान गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा, चिउरीडाँडा, सिर्जनाकुञ्जका राईले यस अघि इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव (२०८०) जस्ता सम्मान तथा पुरस्कारहरु पनि पाइसकेका छन् ।
१० वर्षे शिक्षण पेशाको अनुभव सँगालेर काठमाडौं भित्रिएका राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा उत्तिकै ससक्त कलम चलाउँछन्।

उनको ‘टोली नेता’ (बालकथासंग्रह, २०७४) ‘आजका लघुकथा’ संयुक्त लघुकथासंग्रह (२०७४) ‘पोलेको मकै’ (बालकथासंग्रह (२०७८) लगायतका कृति प्रकाशित छन् । रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।

यस्तै राधेश्याम लेकाली, गंगा पौडेल कर्माचार्य, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, दीप सागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का र एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीलाई पनि गोधूलि भानु काव्य सम्मान–२०८२ प्रदान गरिएको छ ।

गोधूलि साहित्य प्रतिष्ठानले वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ गरेको छ । गोधूलि कला साहित्य प्रतिष्ठानकी ललिता दोषीले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा साहित्यकार गोपीकृष्ण प्रसाईले आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताए।त्यस्तै वरिष्ठ कवि प्रल्हाद पोखरेलले आदिकविको आचार्यको योगदानबारे बोलेका थिए ।

वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्य तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ‘गोधूलि भानु काव्योत्सव’ पनि सम्पन्न भएको छ। राजन न्यौपानेले सहजीकरण गरेको रचना वाचन कार्यक्रममा आशीष ऐडी, ओमकृष्ण प्रसाई, विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, राजु उपरकोटी, द्वारिका कुइँकेल, घनबहादुर थापा, रोमा लम्साल, भगवती बस्नेत र रश्मि रिमालले भानु समर्पित कविता, गजल तथा मुक्तकवाचन गरेका थिए ।

कार्यक्रममा भोजभक्त कँडेल, प्रकाश समीर, रेणु अधिकारी ‘मौनता’, विक्रमभक्त जोशी र बालकवि स्वस्तिका गुरुङले पनि रचना वाचन गरेका थिए। कार्यक्रममा रचना वाचन गर्ने कविहरूलाई मायाको चिनो प्रदान पनि गरिएको थियो ।

यसैबीच लोकप्रिय समाजसेवी संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले आफ्नो २५ औं वैवाहिक वर्षगाँठको अवसरमा गोधूलि कला साहित्य प्रतिष्ठानलाई ५ लाख ५ हजार ५ सय प्रदान गरेकी छन् । गोधूलि भानु काव्योत्सवकै अवसरमा गुरुङले उक्त रकम प्रदान गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved