Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भण्डारी द्वारा आयाेजित कार्यक्रममा ओलिपक्षधर देखिएनन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2025
0 shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेमा फर्किएसँगै एमालेमा बढ्दै गएको तरंग सार्वजनिक कार्यक्रममै देखिन थालेको छ।

शनिबार विद्या भण्डारी सहभागी भएको मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा ओलीपक्षधर नेताहरूको सहभागिता देखिएन।

फाउण्डेसनले ‘स्टेट, सोसाइटी एण्ड डेभलपमेण्ट जर्नल’को विमोचन कार्यक्रम राखेको थियो। यसअघि फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा एमालेका ओलीपक्षका नेताहरू पनि सहभागी हुने गरेका थिए।

यस वर्ष भने ओलीपक्षका नेताहरूको सहभागिता नदेखिनुले भण्डारी एमाले फर्किएको तरंगका रुपमा हेरिएको छ।

बिहीबार इमेज च्यानलसँगको अन्तर्वातामा भण्डारीले अध्यक्ष बन्नेसम्मको संकेत गरेपछि दोस्रो तहका नेताहरूसमेत विभाजित भएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत एकअर्कालाई घोचपेच गरिरहेका छन्।

भण्डारी सहभागी भएको कार्यक्रममा ओलीपक्षधर नेताहरू सहभागी नहुनुलाई ओलीपक्षधर नेता भानुभक्त ढकालको स्टाटससँग पनि जोडेर हेरिएको छ।

शुक्रबार सामाजिक सञ्जालमा स्थायी कमिटी सदस्यसमेत रहेका जनसंगठन संयन्त्रका प्रमुख ढकालले पार्टीको निर्णयविरुद्ध नबोल्नसमेत चेतावनी दिएका थिए।

विधान महाधिवेशन तयारीका क्रममा आयोजित जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै ढकालले पार्टीको संस्थागत निर्णय नमान्ने जनसंगठनका पदाधिकारी नोटिसमा रहेको भन्दै भण्डारीका पक्षमा खुल्नेहरुलाई चेतावनी दिएका थिए।

अध्यक्ष ओलीको पक्षमा बलियोसँग उभिँदै आएका ढकालले भनेका थिए, ‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस्। पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसकिता केही जनसंगठनका पदाधिकारीमा देखिन्छ। यस्तो प्रवृति पार्टीको नोटिसमा छ।’

शनिबार भण्डारी सहभागी कार्यक्रममा ओलीपक्षका नेताहरू सहभागी नहुनु उनको धम्कीलाई समेत जोडेर हेरिएको छ। फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीलाई एमालेमा फर्किन लविङ गर्ने एक नेता सुरेन्द्र पाण्डे मात्र सहभागी भएका थिए।

तल्लो तहका नेताहरू पनि ओलीपक्षधर कोही देखिएनन्। भण्डारी असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एमालेको पार्टी सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन्।

उनलाई एमालेको पार्टी अध्यक्षका रुपमा अगाडि सार्ने गरी एमालेमा फर्काइएको नेताहरू बताउने गर्छन्। उनको पार्टीभित्रको आगमनलाई लिएर ओलीपक्षधर तरंगित बनेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved