Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विद्याकाे एमालेमा फिर्तिसँगै ससङ्कित भएकाे काँग्रेस, के बाम एकताकाे नेतृत्व बिद्याले गर्छिन् त !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2025
0 shares
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने निर्णय लिएपछि राजनीतिको केन्द्रमा छिन् । चर्चा, विवाद र उत्साहको केन्द्र बनेर भण्डारीबारे सञ्जाल देखि छापा , अनलाइन देखि समाज र स्वदेश देखि बिदेश सम्म टिप्पणी भइरहेको छ ।

भण्डारीको विषयमा एमालेभित्र दुईधार देखिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीमा उत्साह थपेको छ । अनि, कांग्रेसभित्र डर सिर्जना भएको देखिन्छ । नेताहरूको सार्वजनिक रूपमा गरेका टिप्पणीले यस्तो अवस्था देखिएको हो ।

१४ असारमा भण्डारीले सक्रिय राजनीति फर्केको घोषणा गरेको हप्ता दिन नबित्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भण्डारीलाई भेटेर वाम एकताको पहल गर्न आग्रह गरेका थिए । श्रेष्ठले माओवादी केन्द्रमा सहज अवस्था नभएको भण्डारीसँग गुनासो पनि सुनाएका थिए । १९ असारमा भण्डारीसँग भेट गरेर श्रेष्ठ अमेरिका भ्रमणमा निस्केका छन् । भण्डरीसँग श्रेष्ठले भेटेको विषयले भने माओवादी केन्द्रभित्र तरंग पैदा गरेको छ ।

लगतै कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, सिंगो कांग्रेस केन्द्रीय कार्यसमिति भण्डारीको आगमनले वाम एकता हुने सक्ने आंशकामा देखिएको थियो । र, त्यही धारणा सभापति देउवाले बालुवाटार पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुनाएका थिए । देउवाले त भण्डारीलाई रोक्ने निर्णय लिनुपर्ने मत नै राखेका थिए ।

कांग्रेस नेता विमलेन्द्र निधिले भण्डारीको आगमनले वाम एकता हुने आंशका कांग्रेसलाई रहेको बताएका थिए । त्यति मात्र होइन, चिनियाँ कम्युनिष्ट पार्टीको सुझावमा भण्डारीले वाम ध्रुवीकरणको प्रयास गर्ने सम्भावना रहेको पनि निधिको आरोप थियो ।

यस्तो बेलामा चीन भ्रमणबाट फर्के लगत्तै एसका सम्मानित नेता झलनाथ खनालले भण्डारीको सक्रिय राजनीति वाम एकताका लागि सकरात्मक भएको बताएका छन् । एसका अध्यक्ष माधव नेपाललाई नैतिकता प्रश्न उठाएर चीन उडेका खनालले चीनबाट फर्केलगत्तै भण्डारीको पक्षमा बोलेका छन् । त्यति मात्र होइन, एमाले अहिलेको ठूलो वामपन्थी दल भएकोले उसले पहल गर्दा वाम ध्रुवीकरण सहज हुने बताएका छन् । २८ असार दिउँसो खनालले वामपन्थी शक्तिहरूबिचको एकतालाई जोड दिने गरी एमालेमा सक्रिय हुने कुराको स्वागत गरेका हुन् ।

‘यदि विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भनेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र एमालेको अध्यक्ष पनि बन्छु भन्ने हो भने हामीले सकारात्मक रूपमा लिनुपर्छ’ खनालले भनेका थिए ।

उनले अहिलेको समयमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै रहेको बताए । भने, ‘त्यो समूहले वामपन्थीलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी एकता विभाजित अवस्थामा रहेको छ । एमालेले एकता गरौँ भनेर चाहने हो भने ठुलो वामपन्थी एकता नै हुन्छ ।’

चीन जानुअघि एसको सचिवालय बैठकमा पतञ्जली जग्गामा भएको भ्रष्टाचार मुद्दा अध्यक्ष माधवकुमार नेपालविरुद्ध २२ जेठमा दर्ता भए पनि अध्यक्षबाट राजीनामा नदिएकोमा खनालले प्रश्न उठाएका थिए । एसभित्र यो विषयले दुई लाइन सिर्जना गरेको छ ।

त्यहीकारण चीनबाट फर्केपछि  पनि खनालले विमानस्थलमा अध्यक्ष  नेपालमाथि लगाइएको मुद्दा हालसम्मकै नौलो रहेको बताए । उनले यो विषय तीन करोड नेपालीको सरोकार भएको भन्दै एउटा मात्रै पार्टी र सचिवालयको विषय अब नरहेको तर्क गरे ।

नेपालविरुद्ध देखिएका खनाल पार्टी नेतृ रामकुमार झाँक्रीको पक्षमा उभिएका छन् । पार्टी बैठकदेखि सार्वजनिक मञ्चमा समेत झाँक्रीको पक्षमा देखिएका हुन् । पार्टी अध्यक्ष नेपालबारे नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै खनालले यस्ता विषयमा विभिन्न व्यक्तिहरूले टिकाटिप्पणी हुनु सामान्य रहेको बताए । ‘यस्ता विषयमा टीकाटिप्पणी गर्ने हकबाट कसैलाई तलमाथि गर्न सक्दैनौँ ’ उनले भने ‘सुन्दै जानुपर्छ, गुन्दै जानुपर्छ । के सही हो, के गलत हो अदालतको निर्णयको प्रतीक्षा गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved