Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका दृष्टिकोणले अफ्रिकी मुलुक रुवाण्डा आज विश्वकै लागि एक उदाहरणीय राष्ट्र : सभामुख घिमिरे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2025
0 shares

काठमाडौँ।  सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका दृष्टिकोणले अफ्रिकी मुलुक रुवाण्डा आज विश्वकै लागि एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित रुवाण्डाको ३१औँ मुक्ति दिवस को अवसरमा बोल्दै सभामुख घिमिरेले केही वर्षअघि मात्रै कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र रुवाण्डाबीच पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि र व्यापारलगायत क्षेत्रमा सहकार्य गरेर दुवै देश लाभान्वित हुन सक्ने सम्भावना रहेको बताए।

दुवै मुलुकले विगतमा द्वन्द्वका कारण अपूरणीय क्षति व्यहोरेको स्मरण गर्दै उहाँले राष्ट्रसंघीय शान्ति स्थापनामा दुवैले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए। साथै, अल्पविकसित राष्ट्रको हैसियतले आपसी सहयोग र सहकार्यलाई प्राथमिकता दिँदै जनताको जीवनस्तर उकास्न अझ बढी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

गणतन्त्र रुवाण्डाकी भारत तथा नेपालका लागि राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, लैङ्गिक समानता, समावेशी सहभागिताजस्ता आधारभूत मूल्यहरूलाई प्राथमिकतामा राख्दै रुवाण्डाले तीव्र आर्थिक प्रगति हासिल गरेको जानकारी दिइन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिएर शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सूचना प्रविधि र कृषि क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न रुवाण्डाले देखाएको बाटोबाट नेपालले पाठ सिक्नुपर्ने बताए।

रुवाण्डाको अवैतनिक परिषद्का ‘डिन’को भूमिकामा समेत रहेका ढकालले सन् २०१५ मा रुवाण्डाको प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर मात्र रहेकोमा अहिले त्यो बढेर ८०० डलर पुगेको बताए। कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशतसम्मको वृद्धि उल्लेखनीय उपलब्धि भएको उनको भनाइ थियो।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ को हिंसा र द्वन्द्वबाट मुक्त भएपछि रुवाण्डाले आन्तरिक स्थायित्व कायम गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, ऊर्जा र कृषिमा अतुलनीय प्रगति गरेको जानकारी दिए।

कार्यक्रमका आयोजक तथा नेपालका लागि रुवाण्डाका अवैतनिक महावाणिज्यदूत प्रज्वलजङ्ग पाण्डेले नेपाल–रुवाण्डाबीच व्यापार प्रवर्द्धन, दिगो शान्ति, समृद्धि र कूटनीतिक सम्बन्ध विस्तारका पक्षमा आफूले सक्रिय पहल गरिरहेको बताए। लगानीका दृष्टिले सहकार्य गर्न मिल्ने क्षेत्रहरू पहिचान गरी दुवै देशका जनतालाई लाभ पुग्ने किसिमको सहकार्य गर्न उनले आग्रह गरे।

कार्यक्रममा रुवाण्डाले विश्वमै कफी उत्पादन र निर्यातमा पुर्‍याएको योगदान, द्वन्द्वरत पक्षबीच मेलमिलाप, पुनःनिर्माण र शान्ति स्थापनामा गरेको उदाहरणीय कार्यका विषयमा पनि चर्चा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved