Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2025
6 shares

काठमाडौँ । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् ।

स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् । तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे ।

दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब ४ बिघा १८ कठ्ठा, ७ धुर जग्गा दमक नगरपालिकाले उपलब्ध गराएको थियो । स्थानीय विकास र पर्यटन प्रवद्धनको अपेक्षा गरेर सार्वजनिक प्रयोजनको लागि कम्पनीलाई दिइएको थियो ।

तर, अहिले कम्पनीले भ्यू टावर निर्माण गरिएको २ बिघा जग्गा सापटीस्वरुप फिर्ता र २५ कठ्ठा जग्गा वापतको मौद्रिक क्षतिपूर्ति माग गरेर पुनः स्वमित्व दाबी गरेपछि नयाँ बिबाद सिर्जना भएको छ । जनप्रतिनिधि नभएको बेला नगरपालिकाले कसरी उक्त कम्पनीलाई सो जग्गा दियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।
सोही विषयलाई लिएर पत्रकार मेयाङ्ग्वोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।

उनले नगरपालिका र कम्पनीबीच सम्झौता नभेटिएको तर कम्पनीले मौद्रिक मूल्य फिर्ता माग गर्नुले गोप्यरुपमा सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभमा प्रयोग भएको देखिएकोले छानबिनको आफूले माग गरेको जानकारी समेत दिए ।

‘सो जग्गा कुनै प्रस्ताव, सम्झौता, खुला प्रतिस्पर्धा वा सार्वजनिक मापदण्ड बिना निजी कम्पनिलाई दिएको देखिन्छ, नगरपालिकाले कुनै सम्झौता भएको छैन, सार्वजनिक सम्पत्ति व्यक्तिले लाभ लिने गरी संगठितरुपमा भ्रष्टाचार भएको देखिन्छ । अहिले पुनः स्वमित्व दाबी गरेकोले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हुँ’ मेयाङ्ग्वोले पत्रकार सम्मेलनमा भने । उनले अख्तियारले छानबिन अगाडि बढाउने समेत अपेक्षा गरे ।

भ्यू टावर निर्माणको विषयलाई पादर्शी बनाउन आफूले लामो समयदेखि माग गर्दै आएको तर नगरपालिकाले कुनै कागजात देखाउन नसकेको मेयाङ्ग्वोले बताए । उनले कम्पनीले माग दाबी गरेअनुसारको जग्गा र मौद्रिक क्षतिपूर्ति दिन नहुने समेत बताए ।
भ्यू टावर नबन्नुअघि प्रति कठ्ठा अधिकतम ३ लाखसम्म पर्ने सो जग्गा कम्पनीले अहिले ५० लाखको हिसाबले क्षतिपूर्ति माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा उक्त भ्यू टावर निर्माणमा भएको र सार्वजनिक सम्पत्ति अपादर्शीरुपमा व्यक्तिले लाभ लिने खेल भएको दाबी मेयाङ्ग्वोले गरे । उनले भने, ‘डुबान हुने ठाउँमा प्रधानमन्त्रीज्यूकै पहलमा भ्यू टावर निर्माण गरिएको हो, उहाँले भ्यू टावरलाई निकै महत्व दिनुभएको छ, यसमा भएको संगठित भ्रष्टाचारमा उहाँको पनि संलग्नता हुन सक्छ, उहाँमाथि पनि छानबिन हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved