Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढी पहिरोमा नागरिकलाई सजकता रहुन भन्दै रास्वपाद्वारा सरकारलाई ध्यानाकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2025
0 shares

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अप्रत्याशित रूपमा हिजो आएको भीषण बाढीले नेपाल–चीन जोड्ने रसुवागढी–केरुङ नाकास्थित मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय महत्वका पूर्वाधारमा पुर्‍याएको गम्भीर क्षति र सोही घटनामा केही व्यक्ति सम्पर्कविहीन भएको प्रति रास्वपाले दुख ब्यक्त गरेकाे छ।

एक विज्ञप्ति जारी गर्दै रास्वपाले  दुःखद खबरले हामीलाई अत्यन्तै मर्माहत र चिन्तित बनाएको छ । प्राकृतिक विपत्तिले निम्त्याएको यस मानवीय र भौतिक संकटप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं,भनेकाे छ।

साे विज्ञप्तिमा बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि–उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष आग्रह समेत गरेकाे छ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकार समक्ष आग्रह गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सहकार्य तथा पूर्वसूचना प्रणाली जडानका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद अगाडि बढाउन पनि सरकारलाई ध्यानाकर्षण गराएकाे हाे।

नदी तटीय क्षेत्रमा रहेका बस्ती, पुल, सडक र अन्य महत्वपूर्ण संरचनाहरूको भौगर्भिक तथा वातावरणीय जोखिम मूल्यांकन गरी विपद् प्रतिरोधी मापदण्ड कडाइका साथ लागू गर्न सरकार चुकेको देखिन्छ भन्दै यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेकाे छ।

रास्वपाकाे विज्ञप्तिमा भाेटेकोशी लगायत देशका अन्य नदी तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र सरकारी निकायले जारी गरेका सूचनालाई पालना गर्न अनुरोध गर्नुका साथै, रसुवासहित अन्य स्थानमा भएका प्राकृतिक विपद्का घटनाका प्रभावितको उद्धार, राहत र अन्य मानवीय सहयोगमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रियतापूर्वक जुट्न पार्टी पंक्तिलाई आह्वान गरेकाे छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved