Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साइबर ब्युराे द्वारा सांसद शाहीका सचिवालय सदस्य रमेशबहादुर पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2025
0 shares

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा सदस्य माननीय छिरिङ ल्याम्बु लामामाथि प्रविधिको दुरुपयोगमार्फत नियोजित रूपमा गरिएका आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बहादुर  बाग पक्राउ परेका छन् ।

उनीविरुद्ध माननीय लामाले साइबर ब्युरो, भोटाहिटीमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। असार १९ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आपत्तिजनक भिडियो सामग्रीले सांसद लामाको सामाजिक र राजनीतिक छविलाई क्षति पुर्‍याएको आरोप छ। उक्त भिडियो ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बडूको फेसबुक पेजबाट सार्वजनिक गरिएको पुष्टि भएको छ।

सांसद लामा विगतदेखि गणतन्त्रको पक्षमा सक्रिय रूपमा वकालत गर्दै राजतन्त्रविरुद्ध धारिलो अभिव्यक्ति दिँदै आएको कारण निर्मल निवासमा केही समयअघि तनावपूर्ण अवस्था उत्पन्न भएको र ‘कठोर बन्नु’ भन्ने निर्देशनसमेत जारी गरिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार, सोही सन्दर्भमा सांसद शाहीले “अब जसरी नि सकिन्छ, महाराज” भन्ने अभिव्यक्ति जेठ महिनामा एक राजावादी निकट व्यक्तिसामु दिएका थिए। त्यसपछि उनले संसदभित्रै पनि लामामाथि अपमानजनक अभिव्यक्ति दिँदै आफ्नो सहयोगीहरु मार्फत धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप छ ।

घटनापछि प्रहरीद्वारा पक्राउ परेका बडूको पक्षमा दबाब सिर्जना गर्न सांसद शाहीले आज बिहान दुईपटक साइबर ब्युरो पुगेर बडुलाई छाड्न दबाब दिएको स्रोतको दाबी छ । साथै, विभिन्न माध्यममार्फत रिहाइका लागि दबाब दिइएको जनाइएको छ।

यसैबीच, जिल्ला अदालत काठमाडौंले पक्राउ परेका रमेश बहादुर बडूमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिने आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved