Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिमला अन्सारीको कडा आपत्ति: “विकास कार्यक्रम असमान, जनविरोधी र बिचौलियामुखी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 7, 2025
0 shares

जनकपुरधाम। आज बसेको मधेस प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत १४औं बैठकमा नेपाल संघीय समाजवादी पार्टीकी उपाध्यक्ष, पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य माननीय बिमला अन्सारीले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रममाथि कडा असन्तोष प्रकट गर्दै संसद अवरुद्ध गर्नुभएको छ।

सभामुखलाई सम्बोधन गर्दै अन्सारीले बजेटलाई अनियमित, असमान, असमावेशी र जनविरोधी भएको भन्दै सरकारलाई गम्भीर आलोचना गर्नुभयो। उहाँले यो कार्यक्रम मधेसका उत्पीडित, उपेक्षित तथा पछाडि पारिएका वर्गहरूको वास्तविक आवश्यकता समेट्न असफल भएको ठहर गर्नुभयो।

> “सरकारको नीति जनताको आवाजमा होइन, बिचौलिया र दलालहरूको सिफारिसमा आधारित छ,” अन्सारीले कडा शब्दमा भन्नुभयो।

उहाँले पटकपटक संसदमार्फत उठाएको मदरसा विधेयक ल्याउने, इस्लामिक विश्वविद्यालय स्थापना गर्ने, र दलित, मुस्लिम, आदिवासी जनजाति, थारु, निषाद लगायत पिछडिएको वर्गहरूका लागि लक्षित बजेट ल्याउनुपर्ने मागलाई निरन्तर बेवास्ता गरिँदै आएको उल्लेख गर्नुभयो।

> “स्थानीय निकाय र प्रदेशसभा सदस्यहरूका सिफारिसहरू बेवास्ता गरिएको छ। बजेट केन्द्रीय प्रभाव, सिफारिस र चलखेलमा आधारित छ,” उहाँले भन्नुभयो।

बिमला अन्सारीले यस्तो विकास कार्यक्रम तत्काल फिर्ता लिनुपर्ने माग गर्दै सबै समुदायलाई समेट्ने, समावेशी र समानतामूलक ढंगले पुनर्लेखन गर्न सरकारलाई कडा आग्रह गर्नुभयो।

> “यदि सरकारले यो आवाज नसुने, हाम्रो पार्टी संसद शान्तिपूर्वक चल्न दिने छैन,” अन्सारीको चेतावनी थियो।

उहाँले यो आवाज कुनै व्यक्तिगत आग्रह नभई सम्पूर्ण मधेसका पीडित, शोषित र वञ्चित जनताको आवाज भएको स्पष्ट पार्नुभयो।

अन्त्यमा, सरकारले गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अन्सारीले भन्नुभयो:

> “विकासको मापदण्ड जनताको आँसुबाट तय हुन्छ, बिचौलियाको प्रस्तावबाट होइन।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved