Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

परोहा नपाले ८ वर्षदेखि दोहोरो तलब खुवाउने कर्मचारीको पर्दाफास

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 7, 2025
0 shares

मेवालाल यादव। रौतहट जिल्लाको परोहा नगरपालिकामा कार्यरत एक कर्मचारीले विगत आठ वर्षदेखि दुईवटा फरक सरकारी निकायबाट तलब तथा सेवासुविधा लिँदै आएको तथ्य फेला परेको छ। अनिल पासवान नामका ती कर्मचारीले परोहा नगरपालिका–२ अन्तर्गत रहेको एक सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहँदै, अर्कोतर्फ सरकारी हुलाक सेवा कार्यालय गौरबाट समेत सेवा सुविधा लिइरहेको खुलासा भएको हो।

दुवै कार्यालयबाट नियमित रूपमा तलब बुझ्दै आएका पासवानले सरकारी नीतिनियम विपरीत दोहोरो सेवा सुविधा लिएको विषयमा स्थानीय तहमा गम्भीर प्रश्न उठेको छ। यसप्रति नागरिक, जनप्रतिनिधि र समाजिक अभियन्ताहरूले गहिरो चासो देखाएका छन्।

अनियमितता बाहिरिएसँगै सोही वडाका वडा सदस्यले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै, दोषी कर्मचारीसँगै उक्त कार्यमा संलग्न रहेको भन्दै हुलाक कार्यालयका प्रमुख तथा नगरपालिकाका प्रमुख जिम्मेवार पदाधिकारीलाई पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्।

उनले भनेका छन्, “विगत ८ वर्षदेखि दुई सरकारी निकायबाट तलब खाइरहेको यो कर्मचारीमात्र दोषी होइन, यसमा प्रत्यक्ष वा परोक्ष रूपले संलग्न अधिकारीहरू पनि दोषी छन्। राज्यको स्रोत दुरुपयोग गर्नेलाई उन्मुक्ति दिनुहुन्न।”

वडासदस्यले दोषीलाई तत्काल पक्राउ गरी कानुनी उपचारको प्रक्रिया अघि बढाउनुपर्ने मागसहित, गैरकानुनी रूपमा लिएको तलब फिर्ता गराउनसमेत दबाब दिएका छन्।

एकै व्यक्तिले दुई सरकारी सेवाबाट समानान्तर रूपमा तलब लिनु नेपालको कानुनअनुसार स्पष्ट रूपमा निषेध गरिएको कार्य हो। यस्तो कार्यले सरकारी सेवा आचरण तथा सेवा नियमावलीको गम्भीर उल्लङ्घन गरेको मानिन्छ। यदि प्रमाणित भएमा सम्बन्धित कर्मचारीले न केवल सेवा गुमाउने, तर लिएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने र आपराधिक मुद्दा समेत भोग्नुपर्ने सम्भावना रहेको जिकिर गर्नु भयो ।

स्थानीयका अनुसार सरकारी निकायप्रतिको विश्वासलाई चुनौती दिएको भन्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्। उनीहरूको भनाइमा, यस्ता घटनामा लिप्त कर्मचारी वा पदाधिकारीमाथि उदाहरणीय कारबाही नगरेसम्म यस्ता दुर्व्यवहार दोहोरिरहने छन्।
सोही वडा वडा सदस्यका अनुसार “यो कुनै सामान्य भूल होइन, यो नियोजित भ्रष्टाचारको उदाहरण हो। सरकारी रकम दोहोरो रूपमा लिने कर्मचारी र मिलोमतो गर्ने अधिकारीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved