Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल संघीय समाजवादी पार्टी सर्लाहीको जिल्ला बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 5, 2025
0 shares

सर्लाही। नेपाल संघीय समाजवादी पार्टी सर्लाही जिल्ला समितिको बैठक आज पार्टीको जिल्ला उपाध्यक्ष सिकन्दर राउतजीको अध्यक्षतामा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले संगठन सुदृढीकरण, गठबन्धनप्रति समर्थन, र आगामी कार्यक्रमको तयारीसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीताराम शाहजी ,केन्द्रीय सदस्य फातमा खातुनजी केन्द्रीय सदस्य मुस्तकिम अन्सारी जी लगायत उल्लेखनीय रुपमा जिल्ला कमिटी सदस्य, स्थानीय प्रतिनिधिहरूको सहभागिता थियो। बैठकको सञ्चालन जिल्ला सचिव रजी अहमदले गर्नुभएको थियो।

बैठकले संघीय गणतान्त्रिक गठबन्धनद्वारा असार २५ गते सर्लाहीको मलंगवामा आयोजना गरिने जनजागरण अभियान अन्तर्गत अन्तरक्रिया तथा सभा कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण कार्यकर्तालाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ।

संगठन विस्तारको ठोस योजना :

बैठकले पार्टी संगठनलाई तल्लो तहसम्म सशक्त र समावेशी बनाउने निर्णय गर्दै सर्लाही जिल्लाका सबै चारवटा निर्वाचन क्षेत्र, आठवटा प्रदेशसभा क्षेत्र, साथै नगरपालिका, गाउँपालिका, र वडास्तरसम्म कमिटी निर्माण गर्ने निर्णय गरेको छ।

पार्टीले संगठन निर्माणसँगै जिल्ला पार्टी कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र जनतालाई परेका समस्या समाधानमा सक्रिय रूपमा सहभागी हुने नीति पनि अवलम्बन गर्नेछ।

अध्यक्ष अन्सारीको सम्बोधन

बैठकमा बोल्दै अध्यक्ष अन्सारीले भने:

 “संघीय गणतान्त्रिक गठबन्धन नेपाली जनताको अधुरो सपना पूरा गर्न, उत्पीडित वर्गको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्न, भ्रष्टाचार, बेरोजगारीको अन्त्य, सुशासन, समानता र सामाजिक न्यायको स्थापनाका लागि बनेको हो। अब समय आएको छ—जनतासँग सीधा सम्पर्क गरेर परिवर्तनका लागि अघि बढ्ने।”

उनले सम्पूर्ण नेपाली जनतालाई उक्त जनजागरण अभियानका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी भइ संघीय समावेशी लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउने आह्वानसमेत गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved