Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक भ्यु टावर जमिन विवाद सम्बन्धमा अविनले अख्तियारमा हाले उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 4, 2025
0 shares

काठमाडौं । दमक५ निवासी पत्रकार अविन मेयाङ्गवोले अख्तियरमा भ्यु टावरको सार्बजनिक जग्गा हिनामिना बिषयमा उजुरी हालेका छन। यधपी इमेल मार्फत उजुरी पठाएका हुनाले साे उजुरी आईतबार मात्र दर्ता नम्मर आउने उजुरीकर्ता अविनले बताएका छन्।

उनले आफ्नो उजुरीमा आफ्नो मागहरु निम्न बुदामा राखेका छ्न्न:

१. सो जग्गा सम्झौतासम्बन्धी सबै कागजात र प्रक्रिया तत्काल छानबिन गरियोस।

२. नगरपालिकाका तत्कालीन र हालका सम्बन्धित पदाधिकारीहरूद्वारा लापरवाही वा मिलेमतो भए/नभएको स्पष्ट गरियोस्।

३. सार्वजनिक हित विपरीत कार्य गर्ने कम्पनी र कर्मचारीहरू उपर कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस्।

उनको उजुरी पुर्ण पाठ:-

श्रीमान् आयुक्त/प्रमुख ज्यु,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं।

विषय: दमक–३ मा निर्माणाधीन भ्यु टावरका लागि दिइएको सार्वजनिक जग्गा हिनामिना सम्बन्धी छानबिनको माग।

म, अबिन मेयाङ्ग्वो, स्थायी ठेगाना: दमक नगरपालिका–५, झापा, नेपालको एक जागरुक नागरिकको हैसियतले निम्न विषयमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु।

दमक–३ मा निर्माणाधीन १८ तले भ्यु टावरको लागि बि.स. २०७३ सालतिर “माँ पञ्चकन्या हाउजिङ प्रा.लि.” लाई सार्वजनिक प्रयोजनको नाममा करिब चार विघा १८ कट्ठा ७ धुर जग्गा दमक नगरपालिकाबाट उपलब्ध गराइएको थियो। सो परियोजनाबाट स्थानीय विकास र पर्यटन प्रवर्द्धनको अपेक्षा गरिएको थियो।

तर हाल (२०८१ असार १९, २०२५ जुलाई ४ मा प्रकाशित नयाँ पत्रिका दैनिक अनुसार), सोही हाउजिङ कम्पनीले आफूलाई “सापटी” स्वरूप दिइएको दुई विघा जग्गा फिर्ता गर्न माग गरेको छ भने बाँकी २५ कट्ठा जग्गा वापतको मौद्रिक क्षतिपूर्तिको माग गर्दै धम्कीपूर्ण शैलीमा पुनः स्वामित्व दाबी गरिरहेको छ।

निम्नलिखित बुँदाहरूमा गम्भीर अनियमितता देखिएको छः

१.सो जग्गा कुनै प्रस्ताव, सम्झौता, खुला प्रक्रिया वा स्वीकृत सार्वजनिक मापदण्ड बिना निजी कम्पनीलाई दिइएको देखिन्छ।

२. हाल सो कम्पनीले बजार मूल्य (प्रति कट्ठा ५० लाख भन्दा बढी) मा प्लटिङ र व्यापारको प्रयास गर्दै नगरपालिकामाथि दबाब सिर्जना गरिरहेको छ।

३. नगरपालिका र कम्पनी बीचको पूर्व सम्झौता नै भेटिएको छैन, तर कम्पनीको दाबी अनुसार २०७५ मा मौद्रिक मूल्य फिर्ता गर्ने सहमति भएको थियो।

यसरी सार्वजनिक सम्पत्तिको व्यक्तिगत लाभका लागि प्रयोग र हिनामिना गर्नु भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत सजाय योग्य विषय हो।

माग:

१. सो जग्गा सम्झौतासम्बन्धी सबै कागजात र प्रक्रिया तत्काल छानबिन गरियोस।

२. नगरपालिकाका तत्कालीन र हालका सम्बन्धित पदाधिकारीहरूद्वारा लापरवाही वा मिलेमतो भए/नभएको स्पष्ट गरियोस्।

३. सार्वजनिक हित विपरीत कार्य गर्ने कम्पनी र कर्मचारीहरू उपर कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस्।

निवेदक:

अबिन मेयाङ्ग्वो

(स्थानीय नागरिक एवं संचारकर्मी)

दमक–५, झापा

फोन: [९८१५०००५६१]

ईमेल: [[email protected]]

मिति: २०८२ असार २०

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved