Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४३ खर्ब नाघ्याे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2025
0 shares
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४३ खर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको निक्षेप ४३ खर्ब १७ अर्ब ५२ करोड ९ लाख रुपैयाँ पुगेको छ । चालु आवको ९ महिना अवधिमा सर्वसाधारणको निक्षेप ६.९ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ रुपैयाँ थियो ।

पछिल्लो ९ महिनामा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब ७७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ थप रकम जम्मा गरेका छन् । चैत मसान्तमा बैंक–वित्तीय संस्थाहरुको कुल निक्षेपमा सर्वसाधारण अर्थात व्यक्तिगत निक्षेपको हिस्सा झण्डै ६३ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको अंश साढे ३५.४ प्रतिशत छ । बाँकी अन्य प्रकारको निक्षेप छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६८ खर्ब ६० अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यसमा वैदेशिक मुद्राको निक्षेप, गैह्रबैंक तथा वित्तीय संस्थाको निक्षेप, सरकारी संस्थान, गैरसरकारी संस्थान, अन्तर बैंक निक्षेप, व्यक्तिगत र विविध निक्षेप रहेका छन् । ९ महिनाको अवधिमा कुल निक्षेप ५.६ प्रतिशत अर्थात ३ खर्ब ६५ अर्ब ८६ करोड ५६ लाख रुपैयाँले बढेको हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६४ खर्ब ९४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

चालु आवको ९ महिनामा गैर बैंक तथा वित्तिय संस्थाको निक्षेप ७३ अर्ब ८१ करोड रुपैयाँ थपिएर १२ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गैर आवासीय निक्षेप २ अर्ब ४७ करोड रुपैयाँ थपिएर ७६ अर्ब २२ करोड १९ लाख रुपैयाँ पुगेको छ । यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको हो । जसमध्येमा बीमा कम्पनीको निक्षेप ४९ अर्ब ७३ करोड रुपैयाँ थपिएर ६ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरुको निक्षेप ८.३ प्रतिशतले बढेको हो ।

यस्तै कर्मचारी संचय कोषको निक्षेप १ खर्ब ८४ अर्ब १३ करोड रहेको छ । कर्मचारी संचय कोषको निक्षेप भने १.७ प्रतिशतले घटेको छ । नागरिक लगानीकोषको निक्षेप १२.५ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब ९८ करोड ४८ लाख पुगेको छ । यस अवधिमा अन्य निक्षेप ४.१ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब ५१ करोड ७८ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, गैर आवासीय वैदेशिक मुद्राको निक्षेप १.१ प्रतिशतले बढेर २० अर्ब ४१ करोड पुगेको छ भने आवासीय वैदेशिक मुद्राको निक्षेप ३९.७ प्रतिशतले बढेर १ खर्ब ३२ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा सरकारी संस्थानहरुको निक्षेप भने ४ प्रतिशतले बढ्दा गैर सरकारी संस्थानको निक्षेप ४.७ प्रतिशतले घटेकोे छ । गत चैत मसान्तसम्ममा बैंकहरुमा सरकारी संस्थानहरुको निक्षेप ३ खर्ब ४६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यस्तै, गैर सरकारी संस्थानको निक्षेप ३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा अन्तरबैंक निक्षेप ६.१ प्रतिशतले घटेकोे छ । यस्तो निक्षेप ३९ अर्ब ९५ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा गैर नाफामुखी संस्थाहरुको निक्षेप पनि ७ प्रतिशतले घटेर १ खर्ब ८४ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा अन्य प्रकृतिको निक्षेप पनि ३.१ प्रतिशतले घटेको छ । यस्तो निक्षेप ९१ अर्ब ४० करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३५.८ प्रतिशत र ५१.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो।

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिए अनुपातमा कर्जा विस्तार हुन सकेको छैन। कर्जा नगएपछि यतिबेला प्रणालीमा पैसा थुप्रिएर बसेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो अल्पकालिन अवधिमा लागि तरलता प्रशोचन गर्दै आइरहेको छ । विगत केही वर्षदेखि आर्थिक गतिविधिमा सुस्तता आएपछि बैंकहरूमा कर्जाको माग बढ्न सकेको थिएन । पछिल्लो समयमा भने कर्जाको मागमा विस्तारै सुधार आउन थालेको छ ।

चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएसँगै कर्जा वृद्धिदरमा सुधार आएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक छन् । त्यसका साथै अर्थतन्त्रका वाह्य क्षेत्रमा पनि उल्लेख्य सुधार रहेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समयमा आयात बढेकाले पनि कर्जा वृद्धिदरमा सुधार आएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले थप ३ खर्ब ६१ अर्ब ३ करोड कर्जा विस्तार गरेका छन् । त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.६ प्रतिशतले बढेको छ ।

null

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved