Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संसदमा गणेश पराजुलीकाे प्रस्न,शहकारी ठगि गर्ने जिबि राई खाेई?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2025
3 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जिबी राई किन नपक्रेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफ्ना पोल खुल्ने डरले नै सरकारमा रहेकाहरुले जिबी राई पक्राउ नगरेको जनताले अड्कल काट्न थालेको बताएका हुन् ।

त्यस्तै उनले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई लक्षित गर्दै संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो भन्दै प्रश्न गरेका छन् । उनले नेपाली कांग्रेसका उपसभापति जोडिएको मितेरी सहकारीबारे पनि प्रश्न गरेका छन् ।

धेरै भएको छैन, कबिर १०-११ महिनाअघिको मात्रै कुरा हो । प्रतिपक्षमा रहँदै गर्दा नेपाली कांग्रेसका महामन्त्रीद्वयले भ्रष्टाचार र ठगी प्रकरणविद्ध उठाएका मुद्दा र सोधिएका प्रश्न आज पनि संसदको रेकर्डमा निकालेर हेर्न सकिन्छ । तर आज प्रश्न सोध्ने र जवाफ दिनेहरु लोकतन्त्रको न्युनतम मूल्य मान्यतालाई पनि कुल्चिएर सरकार सञ्चालन प्रक्रियामा हुनुहुन्छ । म सम्मानित सदनमार्फत यहाँहरुलाई सोध्न चाहन्छु ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो ? ४० ओटा सहकारीमा जम्मा भएका ८७ अर्ब सबै वैध कमाई हो ? स्रोतको छानबिन गर्न पर्छ कि पर्दैन ? पीडित जनताले खाइ नखाई जम्मा गरेको आफ्नो जीवनभरीको कमाइ मात्र होइन, तपाईँहरुले नै भन्ने गरेको सडक छेउमा मकै पोल्ने र साग बेच्ने जनताले गरेको बचतमध्ये कति पैसा फिर्ता गर्नुभयो अहिलेसम्म ?

सभामुख महोदय म सोध्न चाहन्छु, तपाईँहरुले उपसभापतिविरुद्ध परेको मितेरी सहकारीको १४ करोड ठगी उजुरीको कारवाही प्रक्रिया कहाँ पुग्यो ? कि ठूला दलका नेतालाई कारबाही गर्नु हुँदैन भन्नेछ ? उनलाई पनि पक्रेर कारवाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध मात्र साँध्ने उद्देश्य हो यहाँहरुको ? एपिवान टेलिभिजनमा आजपनि जिबी राईको लगानी कायम रहेको तथ्य अदलतले उस्को सम्पत्ति रोक्क गरेको विवरणबाट प्रमाणित हुन्छ । के छानबिनको दायरामा गोर्खा मिडिया मात्र हुन्छ ? कि सरकार ढल्छ भन्ने डरले छानबिन अगाडी बढाउन नसकेको हो ?

उनले थपे तपाईँहरुकै पार्टीले गृहमन्त्रालय सम्हालेको १० महिना बित्दै गर्दा जिबी राई कहिले पक्राउ पर्छन् र नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् तपाईँहरुलाई । सञ्चारमाध्यममका सुन्नमा आएको छ, १६ अर्ब ५० करोडमध्ये ७ अर्ब मात्रै आफूले लिएको र तिर्छु भनेको सुनियो । बाँकी ९ अर्ब ५० करोडको भागेदार को को हुन भन्ने तथ्यको अनुसन्धान हुँदा सबै उदांगो हुने डरले जिबी राईलाई पक्राउ नगरेका हुन यिनीहरुले भनेर जनता त हल्ला गर्दैछन् नि ! के साँच्चै त्यस्तै हो ?

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved