Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गभर्नर नियुक्तिमा किचलाे, भट्टको राजीनामा स्वीकृत नगर्ने कामु गभर्नर ढुंगानाको अडान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2025
12 shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वबिचको ‘राजनीतिक सहमति’ संकटमा परेको छ । कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्ति गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत छन् ।

ओलीले देउवासँगको भेटमा बिहीबारसम्ममा कांग्रेसबाट प्रस्तावित गभर्नर नियुक्ति गरिसक्ने वाचा पनि गरेका छन् । तर, गभर्नरका लागि आफ्नो दाबी कायमै राखेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले बुधबारसम्म पनि भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । भट्टको राजीनामा स्वीकृत नभएसम्म उनलाई गभर्नर नियुक्ति गर्ने बाटो खुल्दैन ।

कामु गभर्नर तिम्सिना निकट राष्ट्र बैंकका एक उच्च अधिकारीले बुधबारसम्म भट्टको राजीनामा स्वीकृत नभएको पुष्टि गरे । ती अधिकारीले भने, ‘उहाँ (भट्ट)ले रणनीतिक रूपमा दिइएको राजीनामा स्वीकृत नदिने अडान लिनुभएको छ । ऐन, नियम सबै हेरेर नै राजीनामा स्वीकृत नगर्ने पक्षमा उहाँ देखिनुभएको छ ।’ बुधबार तिम्सिना पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउन अर्थ मन्त्रालय पुगेकी थिइन् । सो भेटमा उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भट्टको राजीनामा स्वीकृत नगर्ने अडान राखेकी थिइन् ।

कांग्रेस सभापति देउवाले मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा भट्टको राजीनामा अस्वीकृत भएको घटनालाई परिलक्षित गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसको भागमा गभर्नर दिन चाहे पनि राष्ट्र बैंकको आन्तरिक समस्याको कारण ढिलाइ भएको बताएका थिए ।

भट्टको राजीनामा स्वीकृत नभएपछि बुधबार पनि गभर्नर सिफारिस समितिको बैठक बस्न सकेन । समितिका एक सदस्यले हालसम्म बैठक नबसेको र आगामी बैठकका लागि जानकारीसमेत नआएको बताए । सिफारिस समितिको एकपटक पनि बैठक बस्न नसकेपछि पूर्वगभर्नर विजयनाथ भट्टराईले सदस्य पदबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved