Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सवारी साधन व्यापारका नाममा उपभोक्ता ठग्दै बिष्णु अग्रवाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2025
3 shares
काठमाडौं । विवादित व्यापारी बिष्णु अग्रवालमाथि गम्भीर आरोप लागेको छ । अग्रवालमाथि सवारी साधनको व्यापारका नाममा उपभोक्तामाथि ठगी गरेको आरोप लागेको हो ।

अग्रवालले नेपालमा सञ्चालन गर्दै आएको एमएडब्लु (MAW) कम्पनीले अनधिकृत रुपमा सवारी साधनको व्यापार गर्ने गरेको तथ्य फेला परेको छ । यस कम्पनीले उपभोक्ताको विश्वासमा धक्का पुर्‍याउँदै गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ ।

यस कम्पनीको सवारी खरिद गरेका उपभोक्ताहरूकै भनाइअनुसार, MAW कम्पनीले जापान, भारत, चीनलगायत विभिन्न देशबाट सस्तो मूल्यमा गाडी आयात गरी ती गाडीहरूलाई दोब्बरभन्दा बढी मूल्यमा नेपाली बजारमा बिक्री गर्ने गरेको छ ।

अग्रवालको कम्पनीमाथि भन्सार प्रक्रियामा अनियमितता, कर छली, कम गुणस्तरको सवारी साधनको आयात तथा महँगो मूल्यमा बिक्री गर्दै आएको गम्भीर आरोप छ । जसलाई यस कम्पनीबाट प्रचारप्रसारकै आधारमा सवारी खरिद गरी भनेजस्तो नहुँदा ठगिएका उपभोक्ताहरुले नै प्रमाणित गरेका छन् । जुन बिषय विभिन्न संचार माध्यममा समेत सार्वजनिक भइसकेको छ ।

अग्रवालद्वारा संचालित कम्पनीले केही वर्ष यामाहाका मोटरसाइकल र डीप्पल कम्पनीका इलेक्ट्रिक गाडीहरू नेपाल भित्र्याएर प्रचारबाजी गरेकै भरमा उक्त ब्रान्ड आक्रामक रुपमा बिक्री गर्न सफल भयो । तर प्रयोगमा आएको छोटो समयमै सवारीसाधनमा प्राविधिक समस्या एकपछि अर्को गर्दै देखिन थाले । जसका कारण उक्त ब्रान्डका गाडीहरूको माग घट्न थाल्यो र उपभोक्ताहरूले आफू ठगिएको बुझ्न थाले ।

त्यस्ता, अग्रवालको कम्पनीबाट ठगिएका थुप्रै उपभोक्ता छन् । जसमध्यका एक हुन्, धिरज केसी । जसको कहानी झनै दर्दनाक छ । केसीले गत वर्ष असोज महिनामा करिब १ करोड ५० लाख रुपैयाँ खर्चेर MAW कम्पनीबाट ‘कम्पासिप’ ब्रान्डको गाडी किनेका थिए । तर केही समय बित्दानबित्दै गाडीमा समस्या देखियो । त्यसपछि कम्पनीको आधिकारिक सर्भिस सेन्टर MAW इन्टरप्राइजेजमा मर्मतको लागि लगे । तर आठ महिनाबितिसक्दा पनि उनको गाडी बनेन । केसीले करोडौं रुपैयाँ ऋण लिएर खरिद गरेको गाडी न त मर्मत भयो, न त उनले गाडी फिर्ता पाए। उनको गाडीको पार्ट्स नपाईएको भन्दै कम्पनीले उनलाई झुलाईरहेको छ ।

उनी भन्छन्,- “बर्खाको बेला गाडी भित्र पानी पसेर, सामान्य क्षति भयो । सर्भिसिङ्ग गर्न ग्यारेज लगे तर ८ महिनादेखि म गाडीको पर्खाइमा छु ।”

“कम्पनीले पार्ट्स छैन भनेर बहाना बनाइरहेको छ। तर म भने बैंकको ऋणको ब्याज र किस्ता बुझाइरहेको छु। गाडीको चाबी त त मसँग छ तर गाडी छैन ।” उनले थपे ।

कम्पनीमा बारम्बार गुनासो गर्दा पनि सुनुवाइ नभएको केसीको गुनासो छ । अति भएपछि मुद्दा हाल्ने सोच बनाएका केसीले कम्पनीका सञ्चालक बिष्णु अग्रवाललाई भेट्छन् । तर अग्रवाल स्वयंले ‘हामीसँग सयवटा केस छन्, तपाईंले हाल्नुभयो भने १०१ वटा हुन्छ, जे गर्न मन लाग्छ गर्नुहोस् हामीलाई केहि फरक पर्दैन’ भन्दै धम्की दिएको केसी बताउँछन् ।

व्यापारका नाममा अग्रवाल र उनको कम्पनी गर्ने यस किसिमको व्यवहारले उपभोक्ताको अधिकारमाथि प्रहार मात्रै भएको छैन । यसले संचालकको व्यवसायिक नैतिकतामाथि समेतगम्भीर प्रश्न उठाएको छ ।

कुनै समयमा नेपाल उधोग परिसंघका अध्यक्ष समेत रहेका अग्रवालबाटै उपभोक्ता ठगिन्छन् भने अन्य व्यापारीबाट व्यवसायीक इमानदारीताको अपेक्षा गर्न नसकिने जानकारहरु बताउँछन् ।

यस सम्बन्धमा ग्राहकका सयौं गुनासो छन् । तर सरकार, उपभोक्ता संरक्षण मन्त्र तथा भन्सार प्रशासनले समेत कुनै चासो देखाएको छैन । नाफा कमाउने नाममा उपभोक्तमाथि गरिएको लुट तथा व्यापारिक बेईमानीलाई समयमै नियमन गर्न सकिएन भने यसले ठुलो समस्या निम्त्याउने कानुनविद्हरुको भनाई छ ।

अग्रवाल अहिले यामाहा, जिप, स्कोडा, जेसिबी, लेट, फोटोन, एमएडब्लु इन्जिनियरिङ, एमएडब्लु इन्भेस्मेन्ट, एस्कर्ट, बेस एण्न्ड ट्रेबललगायत कम्पनीका मालिक हुन् । अग्रवालले यतिबेला डिपल ,फोटोन र सेरेसजस्ता ब्रान्डका विद्युतीय सवारीसाधनबाट लुट मच्चाई रहेका छन् ।

अग्रवाल तथा उनका कम्पनीले भित्र्याएका ब्रान्डबिरुद्ध यतिबेला ग्राहकहरूले सामाजिक सञ्जालमार्फत पनि आक्रोश पोख्दै यस कम्पनीमाथी छानबिन गरि कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।

नेपालमा उपभोक्ताको अधिकार संरक्षणका लागि बनेका कानुन र नीति व्यवहारमा कमजोर देखिँदै गएको कारण यस्ता गतिविधिले स्थान पाएको अधिवक्ताहरु बताउँछन् । सरकारले अग्रवाल जस्ता शक्तिशाली व्यापारीहरूका गैर कानुनी कामलाई नियन्त्रण गरी जवाफदेही बनाउन नसक्दा उपभोक्ता ठगिने क्रम बढ्दै गएको उनीहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved