Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङकाे ४३ वटा याेजनाहरुकाे मर्मत तथा पुननिर्माणका लागि काेशी प्रदेशबाट ३ कराेड १७ लाख बजेट विनियाेजन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 23, 2025
29Shares

खोटाङ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले खोटाङका सडक तथा पूल पुनर्निर्माण गर्न वजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षभित्रै ४३ वटा योजनाहरुको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि तीन करोड १७ लाख बजेट विनियोजन गरेको हो।

भौतिक पूर्वाधार विकास/ स्वास्थ्य मन्त्री भूपेन्द्र राईका अनुसार जालपा–कादेल–बाक्सिला सडक ग्राभेल गर्न सात लाख, दिक्तेल–जालपा–एसेलुखर्क जोड्ने सडकलाई सात लाख, बानाचुङदेखी दोवेला हुँदै साकेला गाउँपालिका जोड्ने सडकलाई सात लाख, किरात चोकदेखि आहालडाँडा खेल मैदान जोड्ने सडकलाई सात लाख, भाडबेशी हलेसी सडक पुनर्निर्माण गर्न सात लाख, नेर्पाको हरेलोडाँडा देखि संसारीडाँडा बंगुर फर्म गुप्तश्वर सडक मर्मत गर्न दश लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आहाले–लिपेदोभान–हलेसी तुवाचुङ नगरपालिका–११राजापानि–महभिर रेग्मीटार सगरमाथा सडक मर्मत गर्न सात लाख विनियोजन गरिएको छ।

दिक्तेल–साप्सुखोला–मात्तिम–मनेभंज्याङ–पाँचधारे सडकलाई सात लाख, बाँझे चिहानडाँडा रतन्छा मानेभन्ज्याङ काल्चिन खोला सडकलाई सात लाख, कालापानी ठुलिबेसी खोटाङबजार सडकलाई सात लाख, डुम्रीबोटे–रुम्दु–फोक्सिङटार योजना बराहपोखरीलाई सात लाख, धाप्लाङ धर्तङ बराहपोखरी सडकलाई सात लाख, साउनेचौरदेखि बंदुवा आसावाला फोक्सीङटार सडकलाई बिस लाख, धाप्लाङ मांसिङटार खाप्ताङ सडक, बराहपोखरीलाई सात लाख, आहाले साप्सुखोला रातमाटा कोटगाँउ सडक मर्मतलाई बाह्र लाख, तावाखोला टेम्मा याम्खा पञ्चमी सडकलाई तेह्र लाख, ढाडेखोलादेखि पुरानागाँउ लफ्याङ जोड्ने सडकलाई सात लाख, टुवाखोला दिहु जनसेवा मावि हुँदै छितापोखरी सडकलाई दश लाख, पंचमी–टुवाखोला–रोक्सिङ सडक मर्मत गर्न तेह्र लाख विनियोजन गरिएको छ।

चिसापानी छिमवा भन्ज्याङ्ग खर्क सडक मर्मत गर्न सात लाख, चिसापानी वंशीला सडकलाई दश लाख, संसारीडाँडा बगरेभञ्जाङ्ग सडक मर्मतमा सात लाख, सिन्ताङ खुन्द्रे जन्तेढुंगा सडकमा आठ लाख, बाक्सिला–खार्तम्छा–फेदी–धोद्र्रे सडक मर्मतमा आठ लाख, बाक्सिला खत्रीगाँउ दिप्सुङ बहाने सडकलाई सात लाख, सुन्तले माकापू लुवंग सडक मर्मत गर्न सात लाख, जुगेबारी फुलपाति प्राबि स्कुल गिरी गाउँ दलित बस्ती हुँदै स्वास्थ चौकि पाथेका जाने सडक मर्मत गर्न सात लाख, विजुले, वुईपा, बाम्राङ दिक्तेल सडकलाई आठ लाख, साबिक ५ वडा देखि साबिक वडा नम्बर ४ र ६ हुँदै स्वास्थ्य चौकी जाने सडक ऐसेलुखर्क गाउपालिकालाई सात लाख, दुदिले–खानामा सडक बुवालुङलाई सात लाख वजेट विनियोजन गरिएको मन्त्री राईले बताए।

मन्त्री राईका अनुसार गत असोज १२ गते भिषण वर्षासँगै आएको भलबाढीले क्षति गरेका चिपटार झोलुङगे पुल, डिकुवा नर्सरी झोलुङगे पुल, चारवोटे झोलुङगे पुल, कुर्लेघाट झोलुङगे पुल, वतासेघाट झोलुङगे पुल, लैकुघाट झोलुङगे पुल, गोडेली झोलुङगे पुल, हैदे झोलुङगे पुल, धाप्लाङ झोलङगे पुल,बंशिलाघाट झोलङ पुल, भँडारे झोलुङगे पुल, कम्फु झोलुङगे पुल र मैनाटार–चौदन्डी झोलुङगे पुल पुनर्निर्माण गर्न सात–सात लाख वजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved