Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २४ करोड २ लाख ७१ हजार २६९ रुपैयाँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 20, 2025
24 shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले बैंक सबैजसो सूचकमा सुधार गर्न सफल भएको देखिएको छ ।

त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा २४ करोड २ लाख ७१ हजार २६९ रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख ९४ हजार ८४३ रुपैयाँ ऋणात्मक रहेको थियो।

चालु आर्थिक वर्षको गत त्रैमास (पुस मसान्तसम्म) मा वितरणयोग्य मुनाफा १२ करोड ६ लाख २३ हजार ५७३ रुपैयाँ रहेको थियो । यो गत त्रैमासको तुलनामा ९९.१९ प्रतिशतले बढी हो।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको प्रति सेयर वितरण योग्य मुनाफा ९.०१ रुपैयाँ पुगेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६२ करोड १८ लाख ८५ हजार ३९३ रुपैयाँ संचालन
मुनाफा र ४३ करोड ४२ लाख १८ हजार ३३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

संचालन मुनाफा चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा ११९.५४ प्रतिशत र गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ६०.७४ प्रतिशतले बढी हो। खुद मुनाफा, चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा १२०.९१ प्रतिशतले र गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ६१.१९ प्रतिशतले धेरै हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५६ अर्ब ६१ करोड कूल निक्षेप संकलन गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले बढी हो। यस्तै बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड
ऋण लगानी गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा ४.२३ प्रतिशतले बढी हो।

वित्तीय सूचकमा सुधारससँगै बैंकको जगेडा कोष वृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रुपैयाँभन्दा बढी पुगेको छ। प्रति सेयर आम्दानी पनि बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको रिटर्न अन इक्विटी १०.९३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा यो प्रतिशत ७.७६ रहेको थियो।

बैंकले खराब कर्जा घटाउनमा पनि प्रगती गरेको छ। चालु आर्थिक वर्षको गत त्रैमासमा ४.९९ प्रतिशतमा रहेको यस डेभलपमेन्ट बैंकको खराब कर्जा तेस्रो त्रैमासमा ४.९७ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved