Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

व्यवस्था जाेगाउन गणतन्त्रवादीहरु एक हुन तीन शिर्ष नेताहरुकाे आह्वान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 20, 2025
87Shares

काठमाडौं । राजतन्त्र पक्षधर शक्तिले संघीय लोकतान्त्रिक व्यवस्थाविरोधी हिंसात्मक प्रदर्शन बढाउन थालेपछि प्रमुख राजनीतिक दलहरू त्यसको सामूहिक प्रतिवाद गर्ने रणनीतिमा जुटेका छन् । राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहेका वेला अघिल्लो दिन बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूको बैठकले संविधान र राजनीतिक व्यवस्थाको रक्षा गर्न एकजुट रहेको सन्देश प्रवाह गरेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सामाजिक अराजकताविरुद्ध पनि सामूहिक प्रतिवाद गर्ने सहमति बनेको छ । यसबाहेक उनीहरूबिच संक्रमणकालीन न्याय टुंग्याउने विषयमा पनि मिलेर काम गर्ने सहमति छ ।

बैठकपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओलीले वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा शीर्ष तहमा छलफल भएको बताएका छन् । ‘वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग महŒवपूर्ण परामर्श भयो । समावेशी गणतन्त्रको रक्षा गर्दै शान्ति सुव्यवस्था कायम राख्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा हामी सहमत छौँ । संक्रमणकालीन न्यायका मुद्दालाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन् ।

प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भएर अगाडि बढ्ने सहमति बनेको बताए । ‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ,’ बैठकपछि खरेलले सञ्चारकर्मीसँग भने ।

प्रतिगामी शक्तिले गणतन्त्र नेपालविरुद्ध षड्यन्त्र गरिरहेकाले संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा नेताहरूले छलफल गरेका छन् । ‘विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ,’ खरेलले भने । बैठकमा तीन शीर्ष नेतासँगै गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए ।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सल्लाहकार खरेलले जानकारी गराएका थिए । उनले सिफारिस समितिले काम गरिरहेकाले समयसीमाभित्रै पदाधिकारी चयनको काम सम्पन्न हुन सक्ने बताएका थिए ।

१५ चैतमा राजतन्त्र पक्षधरले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा दुईजनाको ज्यान जानुका साथै कैयौँ घर र गाडीमा तोडफोड एवं आगजानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved