Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्री परिषदको निर्णयहरु हेर्नुस यस्तो छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2025
9 shares

काठमाडौं । सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययन सम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरु :

१. भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने,

२. जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमावार्ता टोली गठन गरी बार्ता गर्न अख्तियारी दिने,

३. क्वालिटी टीभिइटी फर युथ प्रोजेक्ट फेज कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारवाट प्राप्त हुने थप अनुदान रकम १.६८ मिलियन स्वीस फ्रैंक (करिब नेपाली रू.२५ करोड ६५ लाख वरावर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्स्चेन्ज अफ लेटरमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने,

४. विश्वबैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प स्थापना गर्नको लागि उल्लेखित आयोजनाहरूको वित्तीय सम्झौतामा सर्वग्राही संशोधन गर्ने सम्बन्धी सम्झौता स्वीकृत गर्ने र सो सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने,

५. २०८१ चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसीप एन्ड लिभरेजीङ द ग्लोबल साइ नेटवर्क कार्यक्रम र २०८१ चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको वैङ्ककमा सञ्चालन हुने एडीआइ–एडीबी लिडरशिप फोरम कार्यक्रममा सहभागिताकालागि महालेखापरीक्षक तोयम रायलाई स्वीकृती प्रदान गर्ने,

६. विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फवाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी प्रदान गर्ने,

७. २०८१ चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालन हुने एजुकेशनल वर्कशप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेन्ट कार्यक्रममा सहभागिताका लागि उपमहालेखा परीक्षक बैकुण्ठ बहादुर अधिकारीलाई स्वीकृती प्रदान गर्ने,

८. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भए बमोजिम सङ्घ प्रदेश र स्थानीयतहबीच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गर्ने,

९. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृती प्रदान गर्ने,

१०.२०८१ चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६औँ एनआरएनए युरोपियन रिजिनल कन्फेरेन्समा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृती दिने,

११. भागीरथी भट्टराई (ज्ञवाली), काठमाडौँलाई विद्युत नीयमन आयोगको सदस्य पदमा नियुक्त गर्ने,

१२. रेट एनालाइसीस् नर्म्स फर वर्क २०८१ स्वीकृत गर्ने,

१३. आर्थिक वर्ष २०८१÷८२ को बाँकीअवधिकालागि कृषितथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालितउच्चमूल्य कृषिवस्तु उत्थानशीलकार्यक्रम, काठमाडौंको लागिअधिकृतस्तरका ८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने,

१४. राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डे, लमजुङलाई नियुक्त गर्ने,

१५. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने,

१६. गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिने ।

१७. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय जिल्ला समन्वय समितिको नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गा.वि.स. वडा नं. ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृती दिने ।

१८. जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने,

१९. मिति २०८१ चैत १२ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पिटर्सवर्ग क्लाइमेट डाइलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई स्वीकृती प्रदान गर्ने,

२०. वडीचौर–विमेनी–बावियाचौर–विद्यापुर सडक निर्माणको लागि सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं.२, ५, ६, ७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १०.३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिने,

२१. जडिवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव प्रा. डा. बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मको लागि कामकाज गर्न खटाउने,

२२. नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने,

२३. कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृती दिने,

२४. मित्र राष्ट्र चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान (वस्तुगत सहायता) स्वरूप प्रदान गर्ने ५० थान विद्युतीय गाडी स्वीकार गर्न स्वीकृती प्रदान गर्ने,

२५. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा. रघुराज काफ्ले, तनहुँलाई नियुक्त गर्ने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved