Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेफिनको नेतृत्वले मुकुम्लुङ घटनाका घाइतेहरूसँग गरे भेटघाट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 2, 2025
33 shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को नेतृत्वले मुकुम्लुङ घटनाका घाइतेहरूसँग भेटघाट गरेको छ ।

नेफिनको नेतृत्वले ताप्लेजुङको पवित्र धार्मिक स्थल मुकुम्लुङ क्षेत्रमा व्यवसायी चन्द्र ढकालले जबरजस्ती केबलकार बनाउन खोज्दा मुकुम्लुङको संरक्षणमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय जनतालाई विभत्सपूर्ण ढङ्गले गोली, लाठी, बुट र बन्दुक प्रहार गरी घाइते बनाएको थियो । प्रहरी र गृह प्रशासनको उक्त क्रूर, विभेदपूर्ण, अलोकतान्त्रिक र अमानवीय कदमबाट सृजित मुकुम्लुङ घटनाको कडा शब्दमा निन्दा, भर्त्सना र खेद प्रकट गर्दै नेफिनले उक्त घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

मुकुम्लुङ क्षेत्र धार्मिक रूपमा र प्राकृतिक स्रोत तथा जैविक विविधता को दृष्टिकोणले अति संवेदनशील क्षेत्र भएकोले त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय आदिवासी जनजाति समुदाय, विभिन्न धार्मिक समुदाय र जैविक विविधता संरक्षण विज्ञहरूको सहमति एवं मन्जुरी बिना एकतर्फी पहुँच, पैसा र शक्तिको आडमा जबरजस्ती बनाउन खोजिएको केबलकार तत्काल खारेज गरी वार्ता, संवाद र सहमतिबाट त्यहाँ उत्पन्न समस्याको समाधान गर्न सरकार समक्ष जोडदार माग समेत गरेको छ ।

साथै त्यहाँ प्रहरी दमनबाट घाइते भएका आन्दोलनकर्मीहरूको सघन उपचार र भविष्यमा उनीहरूको जीवननिर्बाहको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकार सङ्ग जोडदार माग समेत गरेको छ । टिचिङ हस्पिटलमा उपचाररत घाइतेहरू छातीमा वारपार गोली लागेका सगुन लावती, तिघ्रामा वारपार गोली लागेका यामबहादुर लिम्बू र बन्दुकको कुन्दाले हानेर कुमको हड्डी भाँचिएका धर्मन पालुङ्वालाई नेपाल आदिवासी जनजाति महासंघबाट अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवस राई र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङद्वारा भेट गरी उनीहरूको स्वास्थ्य उपचारको अवस्था र घटनाको अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved