Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विध्यक ल्याए : सापकाेटा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 30, 2025
12 shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन विधेयक ल्याएको बताएका छन् । आज (बिहीबार) संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भाव खल्बलिएको कुरा ल्याएर सरकारले प्रेस स्वतन्त्रता खोस्न खोजेको बताएका हुन् ।

‘सामाजिक सञ्जाल नियमनको नाममा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, यो नियमन होईन, व्यक्तिको सुरक्षामा केन्द्रीत होईन । नेताहरुको आलोचना गर्न नपाउन् भनेर रोक्न यो गरिएको छ । निरङ्कुश शासकहरुले यस्तै–यस्तै बहानाबाजी गरेर, सार्वभौमसत्ताको कुरा ल्याएर, भौगोलिक अखण्डताको कुरा ल्याएर र सामाजिक सद्भाव खल्बलिएको कुरा ल्याएर नियमनको नाममा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गरेको छ । यसको हामी घोर विरोध गर्छौं । भोलिदेखि संसद्को बैठक पनि चल्दैछ । यो प्रमुख एजेण्डाको रुपमा परेको छ,’– उनले भने ।

साथै, पछिल्लो समय आइरहेका विभिन्न घटनाक्रममा सरकार बेखबर रहेको उनले बताए । सरकारले विभिन्न आन्दोलनका बलिदानी र २०७२ सालको संविधानको भावनाविपरीत कुनियत राखेर सामाजिक सञ्जाल नियमन अध्यादेश ल्याएको उनको दाबी छ । वर्तमान सरकार दिनदिनै कमजोर भइरहेको बताए । दिनदिनै कमजोर हुँदै गएको सरकार जहिले पनि निरङ्कुश नै हुने उनको तर्क छ । जनतालाई भ्रममा पार्न सकिन्छ भनेर सरकारले राष्ट्रियता, सार्वभौमताको विषय जोडेर सामाजिक सञ्जाल नियमन विधेयक ल्याएको उनले दाबी गरे ।

‘दिनदिनै नयाँ–नयाँ घटनाक्रमहरु आइरहेका छन् । यो घटनाक्रमहरुमा सरकार बेखबर छ । सरकारर अहिले घेराबन्दीमा परेको छ । अब जनताको मुख थुन्न पर्यो । नेपाल आमाका दशैं हजार सर्वोत्तम छोराछोरीले बलिदान गरेर प्राप्त गरेको व्यवस्था र २०७२ सालमा जारी गरिएको संविधानको मर्म र भावनाविपरीत अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित गर्न राष्ट्रियता र अखण्डतालाई बहाना बनाइएको छ । राष्ट्रियता, सार्वभौमता भनेपछि जनतालाई भ्रम पार्न सकिन्छ भनेर गरेको हो । यहाँ नियत अर्कै छ,’– उनले भने । 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved