Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजनीतिक जुहारी खेल्न बेला पनि छैन : रामहरि खतिवडा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 25, 2025
9 shares

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आलोचना र जुहारीको राजनीतिक गर्न नहुने बताएका छन् ।

शनिबार भक्तपुरको ठिमीमा टारकेराबारी सेवा समाजले आयोजना गरेको कार्यक्रममा सभापति खतिवडाले एकले अर्कालाई गालीगलौज र आलोचनाको राजनीतिको आफू विरोधी रहेको बताए ।

उनले भने, ‘म राजनीतिक जुहारी खेल्न बेला पनि छैन । २०७९ सालको चुनाव पछाडि हामी यहाँ भएका सबै साथीहरू सत्तामा पुगिसकेका छौँ ।’

‘चाहे कांग्रेस, चाहे एमाले, चाहे माओवादी, चाहे रास्वपा पनि । सबै सत्तामा तर, सबैका खुट्टी सबैले देखेकै छ’, उनले भने, ‘एउटाले अर्कोलाई दोष लगाएर हुँदैन । मैले चाहिँ सबैभन्दा राम्रो गरेँ ।’

उनले भने, ‘फलानोले नराम्रो गर्‍यो भन्ने परम्पराको प्रवृत्ति सबैभन्दा गलत प्रवृत्ति हो । मैले गरे पनि गलत प्रवृत्ति हो । हामीले समाज परिवर्तनका लागि काम गर्ने हो ।’

‘निराशा भएको समाजलाई आशामा परिणत गर्ने हो । मुलुकलाई केही आशा दिलाउने हो’, सभापति खतिवडाले भनेका छन् ।

उनले भने, ‘एउटा वडाध्यक्ष बेखुसी हुँदै गर्दा संघ र प्रदेशको माननीयको चित्त खुसी हुँदैन । एउटा अध्यक्ष बेखुशी हुँदै गर्दा हाम्रो मन खुशी हुँदैन ।’

‘हाम्रो चाहना समग्र ओखलढुङ्गाको उन्नति र प्रगतिसँग हुन्छ । हाम्रो इच्छार चाहना ओखलढुङ्गाको उन्नतिमा छ’, उनले भने ।

‘हाम्रो बाध्यताको बस्तुगत तथ्यका विषयमा धेरै भन्न चाहँदैन । अहिले हामी २५ खर्बभन्दा बढि ऋणमा बाँच्नुपर्ने अवस्था छ’, खतिवडाले भने ।

सभापति खतिवडाले भने, ‘देशको झण्डै १७ खर्ब ५१ अर्ब यो वर्षको बजेट ल्याएका छौँ । विकास निर्माणमा ३ खर्बभन्दा धेरै छैन । म चुनाव लड्दै गर्दा ६ खर्ब ऋण थियो । ०७९ मा आइपुग्दा अहिले देशले २५ खर्ब ऋण बोक्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसको सावाँ र व्याज सरकारले तिर्नुपर्ने भएको छ । विकास निर्माण विदेशबाट ऋण लिएर गर्नुपर्ने भएको छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved