Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमूल परिवर्तन नागरिक पार्टी धोखा ढडी गर्ने पार्टी हैन : अध्यक्ष दलमर्दन कामी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 17, 2025
33 shares

धरान। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.न. प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँच बारे कार्य पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी उपमहासचिव नरेश क्षितिजले राखेका थिए।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जेन्टल लावतीले  भने, ” हामी निरन्तर रूपमा आन्दोलित छौं र वृहत एकता गरेर पार्टी निर्माणमा लागेको छौं ।अब तोडेर,फोडेर आन्दोलन गरेर मात्र हुँदैन रहेछ त्येसैले हामी तल्लो स्टार सम्म पार्टी निर्माणमा लागेको छौं।तपाईहरु पनी आउनुभएको छ हाम्रो मुद्दा मिल्ने कुरामा एक भएर मोर्चाबन्दी गरेर अगाडी बढ्नु आवश्यक छ।”

कार्यक्रममा मन्तब्य राख्ने क्रममा ख्रीष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष तारा लामागदेले भने,  “यो पार्टी पनि हिजाे कै जस्तो निर्वाचनमा जित्ने अनि जाने हराउने तालकै हुनुभएन। यसले धार्मिक,अल्पसंख्यकहरुको विषयमा खरो रूपले आवाज सदन सडक मै उठाउनुपर्यो अनि मात्र परिवर्तन सम्भव हुने छ।”

कार्यक्रमका प्रमुख वक्ता तथा विशिष्ट अतिथी शम्यूल संग्राम राईले “अब ख्रिष्टियनहरु पनि एक ठाउँमा आउँदैछन् वा भनौं पार्टी खोले भन्ने खाले समाचार त हप्ता दिन अगाडि नै पढेको हो। मलाई धेरै खुसी लाग्यो पढ्दा आज कार्यक्रममै बोलाउनु भयो त्यसको लागी धन्यवाद आयोजक पार्टीलाई। अब दोश्रो कुरा मैले भन्नै पर्छ उत्पिडित धार्मिक, अल्पसंख्यकहरुको पक्षमा डटेर लाग्नुहोस् म तपाईहरुको साथमा छु।तर फेरि पनि म पार्टी मै लागेर चाहिँ तपाईहरुलाई सघाउन सक्दिन तर मैले भन्नुपर्ने,गर्दिनुपर्ने काम चाहिँ गर्दिन्छु।अब ८४मा तपाइहरु निर्वाचनमा जानुहोस् जित्नुहोस सदनमा थर्काउनु होस। म सदैब तपाईंहरूको लागी प्रार्थना गर्दिन्छु।मेरो भन्नु यति नै हो आजकाहरुले जस्तो नगर्नुहोला तपाईंहरूले जित्नु भयो भने, म सदैब तपाइहरु संग छु ”  भनेर आफ्नो सान्दर्भिक भनाइ राखे ।

पार्टी अध्यक्ष दल मर्दन कामीले भने, ” आज हाम्रो कार्यक्रमा हामीलाई विश्वास गरेर विभिन्न जिल्ला हरूबाट प्रतिनिधी साथीहरु आउनुभएको छ यहाँहरुलाई धन्यबाद दिनु चाहान्छु।आज बन्ने तदर्थ समितिलाई पनि अग्रिम शुभकामना तथा कार्यसफलताको शुभकामना भन्न चाहन्छु। हाम्रो पार्टीले हिजोको पार्टीहरुले जस्तो धोखा ढडी नगर्नेमा बिश्वस्त रहन पनि म अनुरोध गर्न चाहान्छु।हामीले उत्पिडनमा परेको जाती, धार्मिक, जातीय अल्पसंख्यकहरुको बारेमा वकलत गर्नेछौं। ०८४ मा हामीलाई मतदान दिनुहोस् तपाईहरुलाई सम्मान अधिकारको प्रतिभुती हामी गराउँछौं।अन्त्यमा उपस्थीत भइ दिनुभयो धन्यबाद यहाँहरुलाई मेरो धेरै भन्नु केही छैन हामीलाई विश्वास गरेर १ मत दिन मात्र अनुरोध गर्दछु।”

कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष दल मर्दन कामीले गर्नु भएको थियो भने पार्टीका वरिष्ठ नेता कमला हेम्चुरी, डा. शम्युल संग्राम राईको विशिष्ट अतिथि र पार्टी उपाध्यक्ष बलराम विश्वकर्मा, नेपाल ख्रिष्टियन पत्रकार संघको केन्द्रिय अध्यक्ष तारा लामगादे, पहिचानबादी मोर्चाका नेता जेन्टल लावती, नेपाल जनमुक्ति पार्टीको उपमहासचिव बिष्णु थामदेन,पार्टी उपमहासचिव श्याम बहादुर राई, नरेश क्षितिज,कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बू,सचिव शशी कुमार वि. क, डीवि तामाङ को आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved