Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निजि गुठीको नाम गरेर बाठाहरुले चर्चको सम्पत्तिमा आखा लगाउन थाले…

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 14, 2025
546 shares

काठमाडौं लगाए देसकाे प्राय जिल्लाहरुमा रहेकाे क्रिस्चियनकरुकाे धार्मिक स्थल चर्चकाे सम्पतिहरु केही टाठाबाठा पास्टरहरुले गुठिकाे नाममा कुम्ल्याउन थालेका छन्।

याे बिषयमा हाल सञ्जालहरुमा राम्रै ताताे लागिरहेकाे अवस्थामा गुठि र त्यसकाे महत्व अनि त्यसकाे व्यवहारिकिकरणका पुरानै उदाहरणहरु अपच भइसहेकाे अवस्थामा के नेपालमा चर्चहरु र नेपालि इसाईहरुका लागि गुठि सम्बन्धि जनचेतना दिनु पर्ने अवस्था छ त?

निजि गुठी भनेको के हो ?
निजी गुठी: राजगुठी र छुट गुठीबाहेक आफ्नो परिवारले चलाई आएको गुठीलाई निजी गुठी भनिन्छ । इसाई समुदायमा चर्चा गरिएको निजि गुठी एक सानो कम्पनी जस्तो हो , त्यहा चर्चको सम्पत्ति सुरक्षित हुदैन । हिन्दु गुठीका जग्गा जमिन सम्पत्तिहरु सबै बेचेर खाइ सिध्याए , अझै बाकी स्वामित्व धेरै ठाउँमा ब्यक्तिकै नाममा छ । पैसाको लागि इसाईको नामधारणा गरेर केही ब्यक्तिहरुले गुठि , सस्था , चर्च भनी सोझा सिधा ख्रीष्टियनहरुलाई लुट्दै छन भने बिदेशी कुइरे ठग्दै छन् ।

गुठी संस्थान ऐन २०३३ को दफा २ (ग) अनुसार ‘गुठी’ भन्नाले कुनै मठ वा कुनै देवी देवताको पर्व, पूजा, जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग बगैँचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय, घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठी समेतलाई बुझ्न सकिनेछ । भारत बाट नेपाल आउदा बाहुनहरुमा जग्गा जमिन थिएन , जनै बाहेक केही पनि थिएन नेपालका मुलबासीहरुलाई धर्मको नाममा गुठी भनि जग्गा जमिन ठग्ने काम गर्यो । अहिले धर्मको नाममा इसाईको नेता,अगुवा भनी सोझा सिधाहरुलाई ठग्ने काम चलिरहेको छ ।

निजी गुठी: राजगुठी र छुट गुठीबाहेक आफ्नो परिवार, समुदायले चलाई आएको गुठीलाई निजी गुठी भनिन्छ ।

१) राजगुठी : गुठी संस्थानको हक दायित्व भई गुठी संस्थानले बन्दोवस्त र सञ्चालन गरी आएको गुठी नै राजगुठी हो ।

२) छुट गुठी : आयस्ताबाट गुठीको पूजा, पर्व इत्यादि दानपत्र लिखतबमोजिमको काम चलाई बाँकी रहेको गुठीको शेष कसर वा सलामीसम्म राजगुठीमा बुझाउने गरी वा गुठी चलाउनेले नै शेष खाने गरी गुठी संस्थान ऐन २०२१ प्रारम्भ हुनु अगावै सरकारी गुठी लगतमा गुठी दर्ता गराई वा दर्ता गराउनुपर्ने गरी त्यस्तो गुठीको जग्गाको नेपाल सरकारमा बुझाउनुपर्ने मालपोत वा तिरो बुझाउनु नपर्ने गराई र गुठीको दर्ता गुठीयारले नै गुठी चलाउन पाउने गरी छुट पाएको गुठीलाई छुट गुठी भनिन्छ ।

३) निजी गुठी: राजगुठी र छुट गुठीबाहेक आफ्नो परिवारले चलाई आएको गुठीलाई निजी गुठी भनिन्छ ।
यस लेखमा निजी गुठी स्थापना, सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा गुठी संस्थान ऐन २०३३, मुलुकी देवानी संहिता २०७४ र भूमिसम्बन्धी ऐन २०२१ मा भएका कानुनी व्यवस्था तथा सर्वोच्च अदालतले गरेको फैसलाका सम्बन्धमा चर्चा गरिनेछ

गुठी संस्थान ऐनमा के छ ?
गुठी संस्थान ऐन २०३३ को दफा १९ (क) ले निजी गुठीका गुठीयारले गुठीको लगत तोकिएबमोजिमको ढाँचामा संस्थानमा दिनुपर्ने, संस्थानले व्यक्तिगत वा पारिवारिकरूपमा र सामाजिक हितको लागि राखिएका निजी गुठीको लगत राख्नुपर्ने उल्लेख छ ।
त्यस्तै दफा २१ (१) मा निजी गुठीको सबै वा अधिकांश गुठीयारले निजी गुठीको हक, दायित्व संस्थानले नै व्यहोर्ने गरी बन्दोवस्त र सञ्चालन गर्न अनुरोध गरेमा वा ऐनको दफा २१ (२) मा व्यक्तिगत वा पारिवारिकरूपमा राखिएका निजी गुठीबाहेक सामाजिक हितको लागि राखिएका निजी गुठीका गुठीयारले शिलापत्र, धर्मपत्र, दानपत्र आदिमा लेखिएबमोजिम सो गुठीको सञ्चालन नगरी गुठीको सम्पत्ति हिनामिना गरेको देखिएमा गुठीयारले लिखित अनुरोध नगरेपनि संस्थानले त्यस्तो गुठीको जिम्मा दिई बन्दोवस्त र सञ्चालन गर्नसक्ने कानुनी व्यवस्था छ ।

मोहियानी हक खरिद–बिक्री हुने
गुठी संस्थान ऐन २०३३ को दफा २७ ले गुठी जग्गामा खास जोताहा किसानको प्रचलित कानुनबमोजिम मोहियानी हक पाउने सुनिश्चित गरेको छ । साथै, दफा ३० ले मोहियानी हक खरिद–बिक्री गर्न सकिने विशेष व्यवस्था गरेको पाइन्छ ।
गुठी संस्थान ऐनको दफा ३० मा ‘भूमिसम्बन्धी ऐन २०२१ तथा अन्य प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनबमोजिम मोहियानीमा कमाइआएको जग्गाको मोहियानी हक खरिद बिक्री हुन सक्नेछ’ भन्ने कानुनी व्यवस्था गरिएको छ ।

प्रस्तुत तस्विर जयमसिह नामक यूट्युब च्यानलमा समावेश भिडियाेबाट लिइएकाे हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved