Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफै पार्टी खाेल्दै भिम रावल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2024
27 shares
काठमाडौं । भीम रावलले अन्ततः आफ्नै पार्टी बनाउने भएका छन् । नेकपा एमालेबाट निष्कासनमा परेका रावलले अन्ततः आफ्नै नेतृत्वमा पार्टी बनाउने भएका हुन् । गैरकम्युनिस्ट नाम राखेर समाजवादी पार्टी बनाउने योजना लिएर रावल देश दौडाहमा निस्कँदै छन् ।

रावल निकट नेताहरूका अनुसार यही १७ पुसमा पार्टी निर्माणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिँदै छ । रावलका अनुसार बुधबार नै पार्टी घोषणा हुने छैन । तर, देश दौडाहमा जानु अगाडि पार्टी निर्माणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको हो ।

रावललाई गत १० पुसमा एमालेले पार्टी सदस्यबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै रावल पार्टी निर्माणको अभियानमा जुटेका हुन् । रावलले हालै एमालेमा निष्क्रिय रहेका र अन्य नेताहरूसँग समेत संवाद गरेका छन् ।

संवादका क्रममा ती नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता कम हुँदै गएको र एमालेमा असन्तुष्टहरूको समूह रहेको तथा यो समयमा नयाँ पार्टी बनाएर अगाडि बढ्दा सहज हुन सक्ने सुझाएका छन् । यो सुझावसमेतलाई लिएर देश दौडाहमा निस्कन लागेको रावल निकट नेताहरू बताउँछन् ।

व्यापारी मीनबहादुर गुरुङले जग्गासहित एमाले पार्टी कार्यालय बनाइदिन लागेका छन् । यही विषयमा फरक मत राखेकै विषयलाई प्रमुख आधार बनाएर रावललाई एमाले सचिवालयले पार्टीबाटै निष्कासन गरेको हो ।

कतिपयले एमाले अध्यक्ष ओलीसँग निरन्तर असहमति राखेको र पार्टी कार्यालय बनाउन लागेको विषयमा आलोचना गरेकाले एमालेबाट रावल निष्कासनमा परेका टिप्पणी पनि गरेका छन् ।

३ वर्षअघि चितवनमा भएको नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि रावल एमालेको भूमिकामा आउनै सकेका थिएनन् । सल्लाहकार परिषद्को सदस्यको रूपमा रावललाई ओलीले थन्क्याउन खोजेका थिए । अन्ततः पार्टीबाट निकालिए ।

अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने शैलीले निरन्तरता पाउँदा रावल एमालेमा रहन नसकेका कतिपयको टिप्पणी छ । रावलले भाटभटेनीका संचालक गुरुङले पार्टीका लागि जग्गासहित भव्य कार्यालय बनाइदिने भनेर गरेको शिलान्यासको सदाझैँ विरोध गरेपछि ओली रुष्ट भएका थिए ।

गत २५ असोजमा कीर्तिपुरमा बन्नेगरी भएको पार्टी कार्यालय भवनको शिलान्यासको विरोध गरेका रावल पार्टीबाट निष्कासित भए भने थप २ जना ६ महिनाका लागि निलम्बनमा परेका छन् । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ ।

विगतमा पार्टीमै रहेरसमेत नयाँ पार्टीको अभ्यासमा लागेको कतिपयको आलोचनाका बीच पार्टीबाट निष्कासनमा परेपछि रावलले अन्ततः आफ्नै पार्टी बनाउने भएका हुन् ।

उक्त पार्टीलाई ‘समाजवादी’ तर ‘गैरकम्युनिस्ट’ पार्टी बनाउने भन्दै रावलले कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायतबाट विचलित भएका वा ती पार्टी छाडेर बसेका केही नेताहरूलाई समेत आफ्नो पार्टीमा गोलबद्ध गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved