Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महेश बस्नेतको दुखेसो ,गकुल र बिष्णुले म लाई धोका दिए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 15, 2021
312 shares

काठमाडौं असार १ – नेकपा (एमाले)का नेता महेश बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ज्यान दिन तयार रहेको बताउँछन्। एकपटक हैन, पटक–पटक। ओलीको प्रतिरक्षामा उनले लामै समय खर्चिएका छन्। सार्वजनिक कार्यक्रम, सञ्चारमाध्यमसँगै सामाजिक सञ्जालमा उनको एउटै काम थियो र छ– ओलीको प्रशंसा। तर यसपटक भने उनलाई नराम्ररी दाँतमा ढुंगा लाग्यो।

कारण हो, युवा संघलाई चलायमान र सक्रिय बनाएका उनै महेश बस्नेत पछिल्लो मन्त्रिमण्डल पुनर्गठनमा नपर्नु। ‘उहाँले यसपटक पक्कै पनि मन्त्रिमण्डलमा परिन्छ भन्ने आशा गर्नुभएको थियो तर अन्तिम समयमा आएर धोका भयो,’ नेता बस्नेत सन्निकट रहेका युवा संघका एक सदस्यले भने, ‘यसबाट कमरेड महेश अति निराश हुनुहुन्छ। सार्वजनिक रुपमा मैले यसलाई स्वाभाविक रुपमा लिएको छु भने पनि आफू निकटहरुसँग उहाँले चित्त दुखाइरहनुभएको छ।’

भक्तपुरबाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव जितेका बस्नेतले ओलीले अह्राएका जस्तासुकै कठिन र विवादस्पद काम नै किन नहुन्, फत्ते गरिरहेका छन्। चाहे जनता समाजवादी पार्टीका सांसद प्रकरण होस् या प्रदेशमा भइरहेका गणितीय गठजोडका सिलसिलामा होस्। नेता बस्नेतले ओली अनुकूल वातावरण बनाउन कुनै कसुर नराखेको कहिँकतै छिपेको छैन। यतिसम्म कि, पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले ‘मान भाउ’ खोज्ने र उनलाई ‘बा’ भनेर बोलाउनुपर्ने भनेर ओलीको आलोचना गरेका थिए। तर, बस्नेतले सार्वजनिक रुपमै ओली सबैका ‘बा’ भएको भनेर प्रतिरक्षा मात्रै गरेनन्, एमाले (ओली समर्थक) माझ ‘केपी बा’ को सम्बोधनलाई चर्चित नै बनाइदिए।

२०७७ वैशाखमा ओलीले दल फुटाउन सहज हुने अध्यादेश ल्याएका थिए। तत्कालिन समाजवादी पार्टी फुटाउने योजना अनुरुप ओलीले बस्नेतलाई सांसद सुरेन्द्र यादव जसरी हुन्छ आफ्नो पक्षमा पार्ने जिम्मा दिए। निर्देशन तामेली गर्न बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कडा लकडाउनका बीचमा मोहत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याए, जसलाई कतिपय मिडिया र राजनीतिकर्मीले ‘सांसद अपहरण प्रकरण’ काे संज्ञा दिएका थिए।

केपी ओलीका लागि ज्यान दिन समेत तयार रहेको सार्वजनिक अभिव्यक्ति दिने बस्नेत किन १९ औं पटकको मन्त्रिमण्डल पुनर्गठनमा पनि परेनन् त? नेता बस्नेत मन्त्री नहुनुमा एमालेभित्रको गुटको होइन ‘व्यक्तिगत इगो र स्पर्धा’ मूल जरो रहेको विश्लेषण स्वयं नेता बस्नेतको छ। ओलीले जब–जब मन्त्रिपरिषद् हेरफेर र विस्तार गर्ने चर्चा चल्थ्यो, तब बस्नेतको नाम चर्चामा आउने गर्थ्यो।

तर, अन्तिममा उनी ‘लिस्ट आउट’ हुनुमा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सूर्य थापासहित ओली निकट नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा रहेको ठहर बस्नेत समूहको छ। ‘गोकुलजीहरुले महेश कमरेडको सक्रियता पटक्कै मन पराउनुहुन्न, विष्णु रिमालमा पनि यही समस्या भएकाले हरेक पटक महेश बस्नेतमाथि धोका भइरहेको हो,’ युवा संघका ती सदस्यले नेपाल समयसँग भने, ‘कमरेड महेश बस्नेतले यो कुरा हामीहरुसँग पनि भन्नुभएको छ।’

यसपटक बस्नेतले मन्त्रिपरिषदमा स्थान पाउनसक्ने सम्भावनका खास कारण पनि थिए। उनले प्रधानमन्त्री ओलीका लागि सकेको सहयोग गर्दै विश्वास जित्दै आइरहेको अवस्था त थियो नै, माओवादी तर्फबाट मन्त्री बनेर एमाले छिरेका मन्त्रीहरुलाई सर्वोच्चको फैसलाले किनारा लगाइदिएको थियो। दलभित्रबाट मन्त्रीमण्डलमा समावेश भएका प्रभावशाली ईश्वर पोखरेलदेखि प्रदीप ज्ञवालीसम्मका कतिपय नेताहरु बाहिरिएको स्थिति थियो।

यस्तो अवस्थामा स्वाभाविक रुपमा नेता बस्नेतले प्रधानमन्त्रीसमक्ष आफू मन्त्री बनेर सेवा गर्न चाहेको इच्छा जाहेर गरेका पनि थिए। महेशको चाहना पाएसम्म गृह मन्त्रालय नभए सूचना तथा सञ्चार मन्त्रालय भन्ने थियो। ‘प्रधानमन्त्री ओलीबाट ग्रिन सिग्नल पनि आएको थियो तर काम भएन,’ एमालेका एक नेताले भने, ‘प्रधानमन्त्रीलाई महेश जस्तो अलिक बदनाम व्यक्तिलाई महत्वपूर्ण मन्त्रालय दिँदा सरकारको आलोचना अझै बढ्ने भन्ने सुझाव दिइएकै हो, त्यसैले पनि उहाँ मन्त्रीको लिस्टमा पर्नुभएन।’

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनअघि आफू निकट नेताहरुसँग अनेक छलफल गरेपछि कम विवादित हुनकै लागि गृहमा खगराज अधिकारीलाई रोजेको भनाइ ती नेताको छ। कास्कीबाट प्रतिनिधित्व गर्ने नेता अधिकारी पनि ओली समूहका एक महत्वपूर्ण सदस्य मानिन्छन्।

मुखैमा आएको मन्त्री पद खोसिएपछि बस्नेत पछिल्ला दिनमा विरक्तिएका छन्। उनले विरक्तभाव सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमा समेत पोखिइरहेका छन्। उनले हालै एक सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा समेत धेरै कुरा खुलासा गरेका छन्। ‘प्रधानमन्त्री सहित शीर्ष नेता बसेर गृहमन्त्रीमा मेरो नाम टुंगो लगाउनु भएको थियो,’ उनले भनेका छन्, ‘आन्तरिक रुपमा बधाई पनि लिइसकेको थिएँ। पछि मेरो नाम आएन।’

गृहमा अधिकारीको इन्ट्रीपछि बस्नेतले केही नेताहरुले आफ्नो राजकाज सकिने ठान्ने गरेको बताएका थिए। ‘पटक–पटकको मन्त्री मण्डलको पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउन हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ,’ उनले भनेका थिए, ‘हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन्। मेरो बिरोधी साथीहरुलाइ म झन् धेरै धन्यवाद दिन चहान्छु।’

मन्त्रिमण्डलमा नेता महेश बस्नेतको नाम नदेखेपछि युवा संघका अध्यक्ष किरण पौडेलले त सामाजिक सञ्जालमै कटाक्षपूर्ण प्रतिक्रिया लेखेका थिए। भनेका थिए, ‘राणाकालीन तथा मध्य शाहवंशीय इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाका कमाण्डरविरुद्ध भइरहँदा युवा पुस्तामा हामी र हाम्रो विरुद्ध मात्र होइन सिङ्गो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ।’

युवा संघ अध्यक्ष पौडेलको आक्रोश र स्वयं नेता बस्नेतको गुनासाका कडी गुटभित्रको व्यक्तिगत लडाईंको परिणति भएको चर्चा अहिले एमालेवृत्तमा छ।

source: nepalsamaya.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved