Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेस-एमाले सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिन बनेको रहेछः राजेन्द्र लिङ्देन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 28, 2024
9 shares

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले गठबन्धन सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिनका लागि बनेको भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् । स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा कीर्तिपूरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर सरकारले जोगिन र जोगाउन कांग्रेस–एमाले मिलेको भन्ने कुरा पुष्टि गरेको बताएका हुन् ।

‘कांग्रेस र एमालेजस्तो पार्टी मिलेपछि देशमा के–के न होला भनेको । कांग्रेस र एमालेजस्तो पार्टी किन मिले होला ? कि यिनीहरुलाई एउटा ज्ञान आयो होला, पश्चाताप भयो होला, हिजो गर्न नसकेको महशुस भयो होला र अब हिजो जे गल्ती गरियो, गरियो अब गल्ती गर्न हुँदैन । अब धेरै मौका छैन । यो पटक चाहीँ गरेर देखाउनुपर्छ भनेर यिनीहरु जनताको लागि मिले होलान् भनेर आशा गरेको त एकले अर्कोको भ्रष्टाचार जोगाउनका लागि मिलेका रहेछन् ।’ उनले भने, ‘एकले अर्कोलाई संरक्षण गर्नका लागि यिनीहरु मिलेका रहेछन् भन्ने कुरा अहिले भटाभट देखिएको छ । कोशी प्रदेशका एउटा मन्त्री जापान मान्छे लाने गल्लावाल भएर गएको थियो । एमालेको नेता पक्राउ परेर कारबाही अगाडि बढायो, गर्छ कि त क्या हो भनेको त उसलाई त कारबाही गर्न मिल्दैन भनेर चोख्याइदियो । अहिले सत्ता गठबन्धन त्यस्तो कुराको लागि गरेको रहेछ ।’

साथै, वर्तमान सरकारले कांग्रेस नेता, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यदेखि नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाएर बेच्नेसम्मलाई जोगाएको र चोख्याएको उनको आरोप छ । ‘कांग्रेस नेताको दिदी बाल संगठनको जग्गा एक सय वर्षका लागि कौडीको मोलमा लिजमा दिएको कारबाही गर्नुको सट्टा अहिले चोख्याउनका लागि एमाले–कांग्रेसको गठबन्धन गरेको रहेछ । नेपाली जनतालाई भुटानी शरनार्थी बनाएर बेच्नेहरु चोखिन र जोगिनका लागि यो गठबन्धन गरेको रहेछ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved