Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेवाग्राहीसँग घुस लिन नक्कली रसिद, वडा सचिवलाई सरुवा एक जनाको जागिर चट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2024
6 shares

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामै अनेकौ काण्ड हुने गरेको छ । बेलाबेलामा सेवाग्राहीसँग लाखौ रुपैयाँ घुस माग्दै गरेको अडियो पनि सार्वजानिक हुनेगरको छ ।

पुनः यस्तै नक्कली रसिद बनाएर सेवाग्राहीसँग घुस लिएको प्रमाण गढीखबर दैनिकले फेला पारेको छ ।

६ नं. वडा कार्यालय सिर्वानी स्थित एक सेवाग्राहीलाई दाजुभाई अंश बण्डाको सिफारिस लिन पुगेका एक सेवाग्राहीलाई नक्कली रसिदमाथी तोकिएको भन्दा चौगुणा बढी रकम लिएको पर्दाफास भएको छ ।

सो विषय बाहिरिएपछि छानविन गर्नुको सट्टा सचिव नैनबहादुर खड्कालाई ७ नं. वडामा सरुवा गरिएको छ भने सामाजिक परिचालको रुपमा कार्यरत कर्मचारी दिक्षा ओझाले सोमबार राजीनामा दिएर गएको वडाध्यक्ष अमर खड्काले बताए ।

मिति २०८१ कार्तिक ८ गते दयाराम दाश कथबनीया चौदण्डीगढी नगरपालिका, उदयपुर वडा नं. ६बाट देहाय बमोजिम ४ हजार रुपैयाँ मात्र भनेर रसिदमा दुरुस्तै खुलाइएको छ ।

वडा कार्यालयको छापपनि छ । तर सरकारी गोलो छैन । रसिदमा वडासचिव नैनबहादुर खड्काको हस्ताक्षर छ । रकम ४ हजार रुपैयाँ तोकिएको छ । तर के प्रयोजनका लागि रसिद काटियो अन्य केही विवरण खुलाइएको छैन ।

सो विषयमा चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले भने, ‘महिला कर्मचारीले आफ्नो व्यक्तिगत समस्या देखाएर राजीनामा दिएको छ । र सचिव नैनबहादुर खड्काको बारेमा लिखित उजुरी नआएपछि कारबाहीको कुरा आउँदैन पछि आइहाल्यो भने छानविन हुन्छ ।’

 

वडाध्यक्ष अमर खड्का भने आपूmलाई केही थाहा नहुने र आपूmलाई केही जानकारी नभएको भन्दै पन्छिएका छन् ।

सचिव खड्कालाई यो कसको जिम्मेवारी भित्रको विषय हो ? गलत की ठिक भएको छ ? भन्ने जिज्ञासामा उनले भने, ‘गलत त गलगै गरेकी हुन् गरिहाले खब खै के हुन्छ ?’

यसरी लिएको घुस मिडियाले खोजतलास गर्न थालेपछि सचिव खड्काले पीडितको घरैमा गएर २५ सय रुपैया फिर्ता गरेको पीडितले बताएका छन् । नक्कली रसिदबाट ४ हजार लिएर पनि ५ सय रुपैया फाल्टै खाजा खान दिइएको त्यही गरी २५ सय फिर्ता गरेको पीडितले बताएका छन् ।

दिक्षा ओझा १० वर्ष पहिले एनजीओ मार्पmत सामाजिक परिचालिकाबाट तत्कालिन जिल्ला विकास समितिबाट नियुक्त भइ ०७४को स्थानीय निर्वाचन पछि वडा कार्यालयहरुमा नियुक्ति पाएका थिए ।

ओझाले कम्प्यूटर प्राविधिकको काममा कार्यरत थिए भने उनले सोमबारै वडाकी मनोविमर्शकता उषा चौधरीलाई १२ हजार १५ रुपैयाँ रकम बुझाएर गएको मनोविमर्शकर्ता चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved