Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिन्सियरविरुद्ध अख्तियारमा उजुरीमाथि उजुरी, कालोधन राखिएको आरोप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 24, 2024
15 shares

काठमाडौं । राजधानीको पुतलीसडकस्थित रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खुलेको छ । उक्त सहकारीमा कालोधन राख्ने थलो बनेको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो ।

२०५७ मंसिर २९ गते सहकारी विभागमा दर्ता भएको सो सहकारीमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले भ्रष्टाचार, राजस्व छली वा गैरकानूनी रुपमा आयआर्जन गरेको रकम लुकाएको आरोप लागेको छ ।

अर्कोतर्फ, संस्थाको नाममा खाता खोली कारोबार गर्नुपर्ने कानूनी व्यवस्था भएपनि अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी निर्देशक राजेश खड्का र कर्जा अधिकृत मिरा कर्माचार्यले राजस्व छल्नका लागि विभिन्न बैंकमा व्यक्तिगत खाता खोलेर पैसा जम्मा गरेको पनि उजुरीमा उल्लेख छ ।

‘संस्थाको नाममा कारोबार नगरेर आफ्नो र आफन्तको नाममा विभिन्न जिल्लामा घरजग्गा किनेका छन् । गाडी र सेयरमा लगानी गरेका छन् । आयोग र सम्पत्ति शुद्धिकरण विभागले यो संस्थामा अनुसन्धान गर्ने हो भने भ्रष्टाचारी, राजस्व छलीहरु कानूनको दायरामा आउँछन्,’ भनिएको छ ।

बैंकभन्दा ठूलो आर्थिक कारोबार गर्ने गरेको सिन्सियरमा अर्बौं कालोधन रहेको तर साधारणसभा र अडिट गर्ने बेलामा थोरै पुँजी देखाउने गरेको दाबीसहित उजुरीमा संस्थाका तीन पदाधिकारीको समेत सम्पत्ति छानबिन गर्न माग गरिएको छ । ‘राजस्व छलेर कर्जा दिँदा घुस लिएर यिनीहरुले अर्बौको सम्पत्ति जोडेका छन् । राजधानीको मुटुमा भएको यो संस्थामा भएको कालोधनमाथि सरोकारवालाको ध्यान जाओस्,’ उजुरीमा उल्लेख छ ।

यस्तो छ सिन्सियरको ठगीधन्दा :

संघीय राजधानी काठमाडौंको मुटुमै रहेको सिन्सियरको ठगीधन्दा पर्दाफास हुदैँ गएको छ । सहकारी खोलेर साढे दुई दशकदेखि सिन्सियरले लुटतन्त्र मच्याउँदै आएको आरोप छ । सहकारी स्थापनाकालदेखि नै संस्थाको अध्यक्षमा राजेन्द्रभक्त श्रेष्ठ रहेका छन् । एउटै व्यक्ति २४ वर्षदेखि निरन्तर रुपमा सहकारीको अध्यक्ष हुनाले पनि सिन्सियरको लुटधन्दालाई थप पुष्टि गरेको स्रोत बताउँछ ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको निक्षेपमा यी पदाधिकारीले मोजमस्ती गरेको बताइन्छ । संस्थामा निक्षेप जम्मा गरेका हजारौं सर्वसाधारणको रकम जथाभावी लगानी गरेको स्रोतको दाबी छ । सहकारीका तीन हर्ताकर्ताले कमिशन लिएर समस्यामा परेका सदस्यहरुलाई चर्को ब्याजमा ऋण दिएर उठीबास लगाएको पनि आरोप लागेको छ ।

ऋणको तीन किस्ता साँवाब्याज नबुझाउनेबित्तिकै सहकारीले धितो लिलामी बिक्रीको सूचना पत्रपत्रिकामा प्रकाशित नै नगरी जायजेथा लिलाम गर्ने गरेको पीडितहरु बताउँछन् । योसँगै सिन्सियरले शुरुमै खाली नेपाली कागज र फोटोकपी पेपरमा सही–ल्याप्चे लगाउन लगाई ऋणीको धितोमाथि कब्जा जमाउने गरेको बताइन्छ ।

सिन्सियरमा विशेष गरी अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी निर्देशक राजेश खड्का र कर्जा अधिकृत मिरा कर्माचार्यको रजगज चलिआएको छ । यिनीहरुकै मिलेमतोमा ऋणीलाई ‘घर न घाट’ अवस्थामा पुर्याएको बताइन्छ । त्यसो त सिन्सियरका यी तीन हर्ताकर्ताविरुद्ध यसअघि पनि उजुरी परिसकेको छ । २०७९ फागुन ८ गते अख्तियार र सम्पत्ति शुद्धिकरण विभाग दुवैमा उजुरी दर्ता भएको पाइएको हो ।

संस्था स्थापनाकालदेखि नै यिनीहरुले सीधासाधीलाई लुटेर अंकुत सम्पत्ति जोडेको उजुरीमा जनाइएको छ । काठमाडौंकै स्थानीय बासिन्दा भएपनि पुख्र्यौली सम्पत्ति खासै नभएका उनीहरुले करोडौंको सम्पत्ति जोडेको उजुरीकर्ताको जिकिर छ ।

उजुरीमा भनिएको छ, ‘सिन्सियरका तीनै हर्ताकर्ता काठमाडौंकै स्थायी बासिन्दा हुन् । तापनि, यीनीहरु हुनेखाने परिवारका भने होइनन् । पुख्र्यौली सम्पत्ति धेरै नभएका यीनीहरु आज करोडौंमा गनिन्छन् । इन्द्रचोकमा जन्मिएका राजेन्द्रभक्तको हाल महाराजगञ्जमा करोडौं पर्ने घर छ । उनी रोपनी जग्गमा बनेको घरमा बस्छन् । हिजो पैदल हिँड्ने उनी आज करोडौं पर्ने गाडी चढ्छन् । उनको जागजेथो पनि थुप्रो छ ।’

यता, कलंकीका स्थानीय भएपनि २० लाख रुपैयाँ बराबर समेत पुख्र्यौली सम्पत्ति नभएका राजेश खड्काको अहिले ५०–६० करोडको सम्पत्ति रहेको जनाइएको छ । उनको हाल कलंकीमै करोडौंमा बनेको घर रहेको छ । सिन्सियरमा जोडिएको शुरुवाती दिनमा कलंकीबाट पुतलीसडकसम्म कहिले पैदल त कहिले साइकलमा आउने उनी अहिले महँगो गाडीमा चढ्ने गर्छन् ।

‘उनी रातारात कसरी मालामाल भए ? एउटा संस्थाको कार्यकारी सञ्चालकको तलब कति नै हुन्छ ?,’ उजुरीमा उल्लेख छ । यस्तै, झण्डै १५ वर्षअघि संस्थासँग जोडिएकी ढल्कु घर भएकी कर्जा अधिकृत मीरा कर्माचार्यले पनि त्यही बसेर करोडौं कमाएको आरोप छ । राजेन्द्रभक्तले आफ्नो आफन्तका रुपमा भित्र्याएका उनले संस्थाको ठगीधन्दा ढाकछोप गर्न सहयोग पुर्याउँदै आएकी छन् ।

मीराले कर्जा प्रवाह गर्दा घुस खाँदाखाँदै दश करोड बढीको सम्पत्ति जोडिसकेको उजुरीमा जनाइएको छ । सिन्सियरका यी तीन हर्ताकर्ताले ऋणीको उठीबास लगाएको बताइन्छ ।

‘एकातिर घुस पनि खाने अर्कोतिर धितो पनि खाइदिने । यसरी सिन्सियरका तीन हर्ताकर्ता धनी भए । ऋणीहरुको उठीबास लाग्यो । कति ऋणी विस्थापित भए, कति भूमिगत गए,’ उजुरीमा भनिएको छ, ‘एक करोडको घर जग्गा राखेर ६० लाख दिन्छ । त्यसैबापत पाँच लाख घुस खान्छ । तीन किस्ता नतिर्नेबित्तिकै त्यो तान्छ र अर्कालाई बेचेर भएको रकम झवामै पारिदिन्छ । सिन्सियरले सबै सम्पत्ति खाइदिएपछि कतिपय पागल बने । कोही अझै पनि मानसिक रोगको औषधी खाइरहेका छन् । सिन्सियरले हजारौंलाई ‘मर्नु न बाँच्नु’ बनाएको छ ।’ गलत तरिकाले कमाएको सम्पत्ति छानबिन गरी निजहरुलाई कानूनको दायरामा ल्याउनुपर्ने उजुरीकर्ताको जिकिर छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved