Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रबि बिरुद्ध रुपन्देहीमा थप मुद्दा लगाईने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2024
72 shares

काठमाडौं ।कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार हवाई मार्गबाट भैरहवा ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो भने, उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ ।

बुटवल उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ । २ करोड ऋणमध्ये संस्थाबाट सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको थियो । १ करोड रुपैयाँ छुट्टै ऋण भने लामिछाने र रोशनी गुरुङका नामबाट ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको थियो । ऋण लगिएका बेला लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए । यही विषयमा अनुसन्धान गर्न उनलाई भैरहवा ल्याइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अन्य अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका थिए । स्रोतका अनुसार अनुसन्धान अधिकारीहरूले लामिछानेका नामबाट गोर्खा मिडियामा गएको ऋण, रकम जम्मा गरेको भौचर र सुप्रिमबाट अन्य विभिन्न व्यक्ति र संस्थागत रूपमा गोर्खा मिडियामा गएको रकमको विषयमा केन्द्रित रहेर प्रश्न सोधेका थिए । तर अधिकांश प्रश्नको जवाफमा लामिछानेले आफ्नो अनभिज्ञता प्रकट गरेका थिए ।

‘सुप्रिमबाट गोर्खा मिडियामा रकम जम्मा भएको विषय आफूलाई जानकारी नभएको र रकम जम्मा गर्ने व्यक्ति पनि आफूले नचिनेको उहाँको जवाफ छ,’ स्रोतले भन्यो, ‘सबै काम जीबी राईमार्फत नै भएकाले उनी पक्राउ परेमा सबै खुल्छ भन्ने जवाफ आयो ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved