Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डिस्काे र दाेहाेरि जानाले सम्बन्ध बिग्रियाे : काँग्रेस नेता, गुरुङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2024
42 shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नगरेको भन्दै दोस्रो स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत तीन पानाको विज्ञप्ति जारी गर्दै गुरुङले मितेरी सहकारी प्रकरणमा आफू दोषी नभएको बताएका हुन् ।
कमजोर आर्थिक स्थिति रहेकोले श्रीमतीलाई सहकारीमा जागिर लगाए पनि यही नै आफ्नो अभिशाप बनेको उनको भनाइ छ ।

‘म विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले मेरो कमजोर आर्थिक अवस्थाका कारणले मैले मेरो तत्कालीन श्रीमती ज्योतिलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ,’ गुरुङले भनेका छन्, ‘उक्त जागिरमा लगाउनु नै मेरा लागि आज ठूलो अभिशाप भएको महसुस मैले गरेको छु । २०६६ सालसम्म हाम्रो सम्बन्ध राम्रो थियो । तर, त्यसपछिका दिनहरूमा हामीबीचको सम्बन्धमा विस्तारै तिक्तता बढ्दै गयो। उनको रहनसहन नै बदलिन थाल्यो ।’

राति घरमा नआउने र आफूखुसी विदेश जाने गरेकोले सम्बन्ध थप चिसिएको उनले बताएका छन् ।

‘रातिसमेत समयमा घर नआउने, डिस्को, क्लब र दोहोरी जाने गरेको जानकारी मैले पाएँ । आफूखुसी कहिले बैंकक त कहिले सिङ्गापुर जाने क्रम बढेपछि हाम्रो सम्बन्ध झनै बिग्रिदै गयो’, गुरुङले भनेका छन् ।

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उनले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताएका छन् । बेथितिका विरुद्ध आफू लडिरहने भन्दै गुरुङले आफू सहकारी ठग नभएको दाबी गरेका छन् । ​

पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाएर अनुसन्धान गर्न उनले माग गरेका छन् । निर्वाचनमा उम्मेदवारी दिँदा अरूले नै श्रीमतीको महलमा डिभोर्स भइसकेकी ज्योतिको नाम लेखिदिएको गुरुङले दाबी गरेका छन् ।

हेर्नुहोस् गुरुङको विज्ञप्ति :

 

nullnull

null

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved