Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिजन तेस्रो रैथाने जनआन्दोलनकाे सुरुवाती तयारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 11, 2024
33 shares

काठमाडौं । पटकपटक जनआन्दोलन उठेपनि आन्दोलनकारीले उठाएको वास्तविक बुँदाहरुलाई सडकमै छाडेर सदनमा पुगेपछि जतिसुकै छलफल र बहसमा चल्दा पनि सडकमा उठाएको बुँदाहरु सत्तामा कदम राखेपछि बेवास्ता गर्ने चतुर समुदायले कमाउ धन्दा कायम गर्दै दलित आदिवासी रैथानेलाई पटकपटक तीन पुस्तालाई प्रयोग भएको तितो यथार्थ हामी सबैलाई सर्व बितितै छ ।

खुकुरी प्रहारबाट तीन पटकमा त राँगो पनि छिन्नेछ भने अगील्लाे पुस्ताले उठाउनु खोजिएको आन्दोलनको शोरुप भन्दा बिलकुलै बदलिँदो परिस्थितिमा आधुनिक ज्यामिती परिवेश अनुसार जनआन्दोलनको खाँचो भएकोले विशुद्ध दलित आदिवासी रैथाने पंक्तिले तमाम उत्पिडनमा रहेका रैथाने समुदायको पक्षमा आदिवासी रैथानेकाे जनआन्दोलन पुर्व तयारीमा जानुपर्ने हुन्छ ।

विगतमा राज्यसत्ता समीकरणकाे पहिलो र दोस्रो जनआन्दोलनको माग शोरुप समाबेशीताकाे माग सम्बोधन संबिधानमा लेखिएतापनि हरेक क्षेत्रकाे नेतृत्व पंक्तिमा उभिनेहरु एकल जातीय आर्य समुदाय चाेर बाटो शैलीमा अतिक्रमित हुदै गएको हुदा वास्तविक उत्पिडनमा परिएकाहरु सधैं भुईंमान्छे हुनुपरेको महसुस गर्दै चौतर्फी आवाज उठेको छ ।

असमान समाबेशीता र बेथिति, विसंगति, बेरोजगारी, हिन्दु धार्मिक अवहेलना लगायत अपारदर्शी बिकास बाँडफाँड निति केन्द्रीय देखि स्थानीय सम्म हुने भ्रष्टाचार अनियमितता जस्ता घिनलाग्दाे चलखेल मिलेमतोमा यथावत रहेकाले तिब्र बिकास नीति सधैंका लागि ओझेलमा राखिएका छन् ।

त्यस्तै सामाजिकआर्थिक असमानताकाे आक्रमण प्रति खबरदारी संगै निरंकुश बाहुनवादकाे संकुचित घेराबन्दी तोड्ने अत्यन्तै फरक तथा सबै समुदायको अस्तित्व कायम राखि सहअस्तित्व अवधारणालाई मितवेयीताकाे आयाम कोर्ने खाका सहितको रैथाने जनआन्दोलनको सुरुवात हुने निस्चय छ ।

अहिलेसम्म बिचार खाका फरक भएको नाटक मन्थन गर्दै दलगत साँठगाठमा सत्ता साझेदारीमा दलाल पुँजीवादी एकल जातीय ब्राह्मणवाद सन्जालकाे घेरा ताेड्नुपर्ने समय आएको छ । जसअनुसार पुर्ण समानुपातिक समाबेशी सहितको खाका अनुसारको उपस्थित योजना अगाडि सार्ने छ ।

तेस्रोपटक हुने शान्तिपूर्ण तथा ऐतिहासिक रैथाने निर्णायक जनआन्दोलनले सच्चा संघीयता र पुर्ण समानुपातिक समाबेशीताकाे माग रहने छ भने पहिचान सहितको प्रदेश नामाङ्कनलाई पहिलो माग लगायत थप सामुहिक एजेन्डा लिएर सबैलाई नछुट्न आव्हान गरिनेछ ।

हामी ढुंगे युग देखि आधुनिक युगमा प्रवेश भयौं । तर पनि किन समयको पछाडि छौँ ? हामीले परिवर्तनको एजेन्डालाई साथ दिनुपर्ने थियो तर पार्टीगत पछि लाग्दा पछाडि परेका हौँ । बिज्ञान दर्शन अनुरुपको बैज्ञानिक ईको-ईकाेनोमिकलाई बिस्वास राख्ने अस्तित्ववादी सबै समुदायको बराबर हकअधिकार सुनिश्चितता लेखेर जानुपर्छ ।

हामी माथि आर्थिक, नैतिक, सामाजिक, भौगोलिक, लगायत राज्यको हरेक सुबिधाजन्य बिकास बाँडफाँड समेत बन्चित छौँ । धार्मिक दम्भमा हिन्दु धार्मिक अनुसार जात प्रथा अन्तर्गत ठुला सानाे उच्च निच छुटाउने जातपात छुवाछूत प्रथामा सदैव भेदभावमा राखिएको छ ।

अबको युग पार्टीको झाेले बनेर दलगत दलदलमा फसेर समाजलाई अगाडि जान नदिने, हिन्दु धार्मिकवादीकाे पछि लागेर दमन, शोषण जस्ता विभेदकारी माथि बिस्वास गरेर समर्थन गर्नु भनेकाे तर्क विहिन प्रतिगमनकारी तत्वलाई बचाउन समाजलाई सधै द्वन्द्वमा फसाई राख्ने गम्भीर खेल भइरहेको छ ।

हामी तर्कसंगत जानू सकियो भने बैज्ञानिक अन्तर्गतको बहसले मानव समुहकाे नयाँ युगजन्माउँने छ । हामी मानव नै बैज्ञानिक भएकाले सबै समुदायको अस्तित्वलाई समेटेर जानू नै समयानुकूल रहेकाले काँग्रेस चाहिने, कम्युनिस्ट चाहिने, राजा चाहिने, स्वतन्त्र पार्टी चाहिने पात्रहरु यथास्थितिवादी हुन भने नयाँ युगकाे परिकल्पना गर्न सकिदैनन् ।

यथास्थितिवादी पुरातनवादी संकुचित प्रबृत्तिले पुरानै युगलाई बल्झाउने भित्री योजना बुझेर हामी प्रगतिशील देशको तुलनामा निकै पछाडि परेका छौँ । हामी नेपाल देशका नागरिक हौं, नागरिक भएर देशलाई बिकास निर्माण बाट बन्चित हुने गैरजिम्मेवारी बन्नु भएन । त्यसकारण शोषण दमन रहित समतामूलक सम्मानता आजको खाँचो रहेको गम्भीर भएर बुझ्नु अत्यन्तै जरुरी छ ।

त्यसकारण आजकाे आधुनिक युगमा पहिचानको तागत स्वदेशी शक्तिशाली दर्शन सिद्धान्त र व्यवहार नै परिवर्तनको महत्त्वपूर्ण एजेन्डा समृद्धकाे मुल पाटोलाई अंगालेर दलगत दलदल त्यागेर संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १०+१ एजेन्डा अन्तर्गतकाे पक्षमाउभिएर नयाँ खोज र समयलाई पछ्याउनु अत्यावश्यक छ ।

हाम्रो समाजमा जेजस्तो भाषा, लिपि, परापुर्वकाल देखि रहिआएको परम्परा बिषय बस्तु स्थिति संरक्षण प्रवर्द्धन र उद्वार उत्थान प्रति संरक्षणमा तत्परता देखाई आउने सन्ततिलाई इतिहासको रैथाने सम्पत्ति जस्तो अबस्थामा छ त्यस्तै हस्तान्तरण गर्न सकियो भने कमसेकम सन्ततिकाे मार्गदर्शक बन्ने छ ।

अबको तेस्रो सिजनकाे रैथाने जनआन्दोलनपछि देशलाई सुसूज्जित गरि विकसित देशकाे तुलनात्मक र संरचनात्मक शान्ति अमनचयन त्रासदी र भयरहित सुन्दर समाज सुम्पिनु सकियाे भने आउने हजारौं बर्ष पछि पनि कुनैपनि शक्तिशाली राष्ट्रहरुकाे तुलनामा हामी धेरै कुराहरुमा अगाडि पाउँनेछन् ।

File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved