Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकाकाे ४७ औँ राष्ट्रपतिमा ट्रम्प

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 6, 2024
9 shares

काठमाडौं । डोनाल्ड जोन ट्रम्प संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । २०२५ जनवरी २० बाट तिनले दोस्रो पटक राष्ट्रपतीय पदभार सम्हाल्ने छन् । यसअगि २०१७-२०२१ सम्म तिनले ४५ औँ राष्ट्रपतिको रूपमा देशको सेवा गरेका थिए ।

ट्रम्पको जन्म १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्क सहरस्थित एउटा अस्पतालमा भएको थियो । परिवारमा जन्मेका पाँच सन्तानमध्ये तिनी काहिँला थिए । परिचित व्यापारी, टेलिभिजन व्यक्तित्व र द ट्रम्प अर्गनाइजेसन नामक संस्थाका मुख्य व्यक्तिसमेत रहेका तिनी धार्मिक दृष्‍टिकोणबाट ख्रिस्टियन हुन् ।

ख्रिस्टियन परिवारमा जन्मेर ख्रिस्टियन परिवारमा नै हुर्केका ट्रम्प बाल्यकालमा मन्डलीमा जान्थे र बाल सङ्गतिमा उपस्थित हुन्थे । पास्टर नर्मन भिन्सेन्ट पिलले तिनका परिवारलाई सेवा दिने गर्थे । आफ्नो मृत्यु नभएसम्म पास्टरले ट्रम्पलाई सरसल्लाह दिँदै आत्मिक वातावरणमा हुर्काउने काम गरे । ख्रिस्टाब्द २०११ मा लिइएको एउटा अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, “म प्रोटेस्टेन्ट हुँ । … तपाईहरुलाई थाहै छ कि विगतका वर्षहरूमा मन्डलीसित मेरो राम्रो सम्बन्ध रहेको छ । मेरा विचारमा धर्म एउटा राम्रो कुरो हो । मेरा विचारमा मेरो धर्म एउटा राम्रो धर्म हो ।” ट्रम्पका अनुसार तिनी न्युयोर्कस्थित चर्चमा जानुका साथै प्रभुभोजमा सहभागी हुन्छन् ।

ट्रम्पले केही पुस्तक पनि प्रकाशित गरेका छन् । सहलेखकको रूपमा लिखित आफ्नो कृति ट्रम्पः द आर्ट अफ द डिललाई तिनले आफूलाई मनपर्ने दोस्रो पुस्तक भनेका छन् । तिनको मनपर्ने पहिलो पुस्तक चाहिँ बाइबल हो । तिनले भनेका छन्, “के तपार्इंहरूलाई थाहा छ [मलाई मनपर्ने] पहिलो पुस्तक चाहिँ कुन हो ? बाइबल । कुनैले पनि बाइबललाई पराजित गर्न सक्दैन ।”

परिचित इभान्जलिकल प्रोटेस्टेन्ट अगुवाहरूसित ट्रम्पको राम्रो सम्बन्ध रहेको छ । चुनावको प्रचारप्रसारको दौडानमा तिनले पास्टरहरूबाट आशिष् थापेका थिए । चुनावी प्रचारप्रसारको क्रममा तिनको असफल हत्याको प्रयाससमेत भएको थियो । तिनलाई लक्षित गरी गोली प्रहार गरिए तापनि तिनी बाँच्न सफल भएका थिए । ट्रम्पका अनुसार परमेश्वरले विशेष कारणका निम्ति तिनको जीवन जोगाउनुभएको थियो, “एउटा कारणका लागि परमेश्वरले मेरो जीवन जोगाउनुभयो र त्यो कारण हो- हाम्रा देशलाई बचाउनु ।”

आफ्ना प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरी ट्रम्प अमेरिकाका ४७ औँ राष्ट्रपति बनेका छन् । ७८ वर्षीय ट्रम्प राष्ट्रपतीय पदमा निर्वाचित हुने सबैभन्दा पाका र सबैभन्दा धनी मानिस हुन् । फोर्ब्स पत्रिकाको अनुमानअनुसार तिनी झन्डै ९ खरब नेपाली रुपियाँका मालिक हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved