Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले नेता भट्टराईकाे प्रचण्डलाई प्रस्न : लाज भन्ने हुँदैन मान्छेलाई ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2024
243 shares

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले माओवादीले सडकबाट सरकार फेर्ने र बन्दुकबाट सत्ता कब्जा गर्ने कुरा गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले आफूहरुले माओवादी सुध्रिएको ठानेपनि व्यवहारमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भने,‘सडकबाट सरकार फेर्ने र बन्दुकबाट सत्ता कब्जा गर्ने बाटोबाट उहाँहरु सुध्रिनुभयो कि भन्ने हामीलाई लागेको थियो । अब उहाँहरु फेरि फर्किएर जंगलमा जाने र सडकबाट चर्का चर्का कुरा गर्ने र बन्दुकबाट सत्ता फेर्ने युगमा नै फर्कनलाग्नुभएको हो भने हाम्रो भन्नु केही छैन् । फेरि एकचोटी मुलुक र जनताले दुःख पाउँछन् । फेरि फर्किएर आउनु त यही बाटो पर्छ । तर, अन्तिममा उहाँहरुको स्वभाव, धारणा र गतिविधि सुध्रिए होला भनेको सुध्रिएको रहेनछ ।’

उनले अहिलेको सरकारलाई सडकबाट कसैले हटाउँछु भनेपनि त्यसरी हट्ने स्थिति नरहेको स्पष्ट पारे । उनले अहिलेको व्यवस्था र संविधान आधारभूत रुपमा राम्रो रहेको दाबी गरे । उनले संविधानको कारण अप्ठ्यारो छ भन्ने अवस्था नरहेको जिकिर गरे । उनले सडकबाट व्यवस्था फेर्छु भन्नु गलत भएको टिप्पणी गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अस्तित्व रक्षाको लागि सडक संघर्षको नाममा लडाईं लडिरहेको आरोप लगाए । उनले अहिले अर्थतन्त्र चलायमान बनाउनुपर्ने बेला भएको भन्दै सरकार फेर्ने कुरा सान्दर्भिक नरहेको टिप्पणी गरे ।

प्रचण्डले त केपी ओलीको सरकार भ्रष्टाचारीहरुको संरक्षक हो यसले काम गर्न सक्दैन भन्नुभएको छ नि भनेर पत्रकार धमलाले राखेको प्रश्नमा नेता भट्टराईले कडा जवाफ दिए । उनले भने,‘म तपाईंलाई पहिलो एउटा भन्छु, दिनदाहाडै मान्छेलाई काटेर मारेर, बैंक लुटेर बनेको पार्टीले अहिले कानून र व्यवस्थाअनुसार चल्ने, संविधानअनुसार चल्ने व्यवस्थामा आएर यस्ता कुरा बोलेको पत्याउने ठाउँ छ ? ती लुटिएका मान्छेले उनको यो भाषण सुन्दा के भन्छन् होला ? लाज भन्ने हुँदैन मान्छेलाई ? आफूले फर्किएर पछाडि हेर्नु पर्दैन् ? अहिलेपनि लुटिएका मान्छे, अहिलेपनि आँगनमा मारिएका मान्छेका पीडा कुन अवस्थामा छ ? आफूले लुटाहा खालका गतिविधि गर्नको लागि मारिएका ती मान्छेहरु, ती बैंकहरु, ती व्यवसायीहरु, त्यो अवस्थाबाट आएर अहिले अरुमाथि औंला ठड्याउने ?”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved