Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“नयाँ सोच र नेतृत्वका लागि युवा वर्गलाई अघि सार्नुपर्छ”, समाजवादी नेतृ पाख्रिन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 9, 2024
177 shares

 

मोरङ । नेपाली कांग्रेस लेटाङ नगर समितिले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ। शुभकामना आदानप्रदान कार्यक्रम नेपाली कांग्रेस लेटाङ नगर सभापति दिपक चन्द्र राईको अध्यक्षता तथा मोरङ जिल्ला समितिका सभापति तथा पूर्व संघीय मन्त्री सांसद डिग बहादुर लिम्बूको प्रमुख आतिथ्यता रहेको थियोे ।

यस्तै नेकपा एमाले कोशी प्रदेश अध्यक्ष एवम् पूर्व सांसद घनश्याम खतिवडा, पूर्व मेयर शंकर राई, नेपाली कांग्रेसका महासमिति सदस्य, लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावति, उपप्रमुख कृष्ण कुमारी निरौला, विभिन्न दलका नेता, स्थानीय जनप्रतिनिधि लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण भने एकीकृत समाजवादीकि नेतृ शान्ति पाख्रिनको वक्तव्य रह्यो, जसमा उनले समकालीन राजनीतिक अवस्था, युवाहरूको कम उपस्थिति, र सरकारको कार्यशैलीमाथि आलोचना गरिन्।

पाख्रिनले आफ्नो सम्बोधनमा, हालको गठबन्धन सरकारको आलोचना गर्दै जनयुद्ध र लोकतन्त्रका आन्दोलनहरूबाट प्राप्त परिवर्तनहरूलाई सम्झाइन्। तर, उनले वर्तमान सरकार युवाहरूको सक्रियताको अभावमा रहेको बताइन्। हलमा उपस्थित भीडतर्फ नजर घुमाउँदै, पाख्रिनले “खै, युवाहरू कहाँ छन्?” भन्ने प्रश्न उठाइन्। कार्यक्रममा सहभागी अधिकांश व्यक्ति ५० वर्षभन्दा माथिका थिए, जसले युवा वर्गको सक्रियतालाई देखिन दिएन।

उनले विशेष रूपमा युवाहरूको नेतृत्‍वको खाँचो औंल्याइन्। पाख्रिनले भनिन्, “अब जुनसुकै पार्टीबाट भए पनि, युवाहरू नै नेतृत्‍वमा आउनुपर्छ। परिवर्तन युवाहरूबाट मात्र सम्भव छ।” साथै, उनले राजनीतिक दलहरूलाई युवाहरूलाई अवसर नदिएकोमा गुनासो गरिन्, विशेष रूपमा पुराना पार्टीहरूले वडा सदस्यको टिकट दिनसमेत युवा नेताहरूलाई विश्वास नगरेको बताइन्। उनले रास्वापाका युवा सांसदहरूलाई उदाहरण दिँदै, नयाँ सोच र नेतृत्वका लागि युवा वर्गलाई अघि सार्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले सरकारको आलोचना गर्दै, हालैका प्राकृतिक विपत्तिहरूमा सरकारको गैर-जिम्मेवारीपनप्रति असन्तुष्टि व्यक्त गरिन्। “देशमा दैवी प्रकोप भइरहेको बेला, सरकार जिम्मेवारी लिन असफल देखिएको छ,” उनले भनिन्। जनप्रतिनिधिहरूले दलगत स्वार्थभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

अन्त्यमा, पाख्रिनले आफु जहिले पनि जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले भनिन्, “पदमा बसेर काम नगर्न सकिए पनि, म सदैव जनताको साथमा रहन्छु, चाहे भुइँमै किन नहोस्।”

सोही कार्यक्रममार्फत नेपाली राजनीतिमा युवाहरूको सहभागिता, नेतृत्वको खाँचो, र सरकारको कामकारबाहीप्रति उनले बढ्दो असन्तुष्टि व्यक्त गरेकि छिन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved