Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दशैंमा नागरिकलाई घर जान सहज बनाउन भट्टराईको जोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 6, 2024
51 shares

काठमाडौं  । देशभर भएकाे अविरल वर्षाको कारण खाेटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टारको पुल बग्ने बित्तिकै संविधानसभा सदस्य एवम् एमाले नेता विशाल भट्टराईले आफ्नो फेसबुकमा लेखे : ‘अत्यन्त पीडादायी र अपुरणीय क्षति : खोटाङको ‘लाईफलाइन’ फोक्सिङटारको पुल बगायो’ सामाजिक सञ्जालमा पनि धेरै प्रभाव भएका भट्टराईको स्टाटसमा दुई हजार बढी रियाक्टस् र हजार बढीले कमेन्ट गरेका छन् । त्यसयता भट्टराईको दैनिकी जिल्लामा भएको क्षतिमै केन्द्रित बनेको देखिन्छ ।

त्यसको भोलिपल्टै उपलब्ध खोटाङेहरू लिएर भट्टराई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष पुगे।

भट्टराई नेतृत्वको टोलीले मन्त्री दाहाल समक्ष भत्केको पुलको दुईपट्टिको पिलरसहितको संरचना वाकी रहेकोले तत्काल अध्ययन गरी सम्भव भए त्यसमा बेलिबृज जोड्ने, उपयुक्त डिजाइनमा DPR बनाउन प्राविधिक टोली खटाउने, गाइघाट दिक्तेल सडक यथाशीघ्र प्रकृया पुर्‍याई कालोपत्रे निर्माण कार्य थालनी गर्नुपर्ने, जिल्लाका मुख्य सडक तत्कालै पुनर्निर्माण गरी दसैमा सहजतापूर्वक घर फिर्न सक्ने वातावरण बनाउनुपर्ने जस्ता विषयवस्तुहरू राख्यो ।

मन्त्रीसँग भेटेको फोटो हाल्दै भट्टराईले लेखे : ‘खोटाङेहरु शोकमा छौं मन्त्रीज्यू ! फोक्सिङटारमा तत्काल पुल जोडिनुपर्यो !!’

त्यसको भोलिपल्ट मङ्गलबार जिल्लाभर क्षति भएका आठ वटा झोलुङ्गे पुलको विषय लिएर भट्टराई नेतृत्वको टोली झोलुङ्गे पुल महाशाखा र स्थानीय पूर्वाधार विभागमा पुग्यो र क्षति भएका पुलहरू यथाशीघ्र बनाउन भन्दै क्षतिको विवरण दियो ।

बाढीले जिल्लाका धाप्लाङघाट, डिकुवा नर्सरी, चारबोटे , कुर्लेघाट , कम्पुघाट, भन्डारेघाट, वंशिलाघाट र बुवाँजोरघाट लगायतका पुलहरूमा क्षति पुर्याएको छ ।

भट्टराईले एकातिर सम्बन्धित निकायलाई खबरदारी गरिरहे भने सामाजिक सञ्जाल र सम्पर्कका माध्यमबाट जिल्लावासीहरूको आशा पनि जगाइराखे ! मङ्गलबार साँझ नै जिल्लावासीहरूलाई सम्बोधन गरेर आफ्नो फेसबुकमा हालेको एउटा भिडियो हालसम्म ४० हजार बढीले हेरिसकेका छन् ।

त्यसको लगत्तै भट्टराई जिल्लाको बाढी प्रभावित क्षेत्र बंशिलाघाट नै आइपुगे, स्थानिय पीडितहरूलाई भेटे र सकेको राहत वितरण गरे ।

खोटाङको बसाइँमा क्षति भएका बंशिलाघाट सहित कम्पुघाट, चमेरे र धाप्लाङघाटको झोलुङ्गे पुल क्षति भएका स्थलमा पुगेर पीडितहरूसँग भेटे ।

काठमाडौं फर्किनेवित्तिकै जिल्लाको विषय लिएर भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगे, शनिबार भौतिक पूर्वाधार सचिव, सडक विभागका डिजी, मन्त्रालयका सहसचिवहरू, इन्जिनियरहरूसँग भेटे र फोक्सिन्टारको पुलका लागि ५ ओटा विकल्पहरू तय गरे ।

निष्कर्षका रूपमा आएका विकल्पहरूलाई भट्टराईले आफ्नो सामाजिक सञ्जाल मार्फत साझा गरेका छन् ।

भट्टराइले छलफलबाट निकालेका निष्कर्षहरु :
१) भत्किएर बाकी रहेको २० -२० मिटरको संरचना र त्यसको पिलरले लोड धान्ने अवस्था भए ८० -८५ मिटरको बेलिबृज बिदेशबाट ल्याएर जडान गर्ने । त्यसको लागि केहि समय लाग्छ तर जोडेपछि निकाल्नु नपर्ने हुनाले निकै नै लाभदायक हुन्छ ।

२) त्यो पिलरले लोड धान्न सक्दा बेलि भन्दा हल्का, सस्तो र छिट्टो हुने गरी ट्रस पुल जोड्ने । यो नेपालमै बन्ने हुनाले बेलि भन्दा सहज हुन्छ ।

३) पिलर र जोगिएको संरचनाले काम नगर्ने अवस्था हो भने त्यहि नजिकै अर्को संरचना निर्माण गरी १२० मिटर लामो बेलिबृज जोडेर बर्षामा नउठाउँने गरी (तर अस्थायी) पुल बनाउने ।

४) स्थायी ( Permanent ) पुलको लागि छिट्टो र यथासक्य दीगो पुल बनाउन बेलैदेखि योजना बनाएर लाग्ने ।

५) माथि उल्लेखित काम बिलम्ब हुँदा पानीको सतह घटेपछि पुरानै बेलिबृज जोडेर हिउदभर काम चलाउने र बर्षाले निकाल्ने बेलासम्म अर्को पुल तयारी गरिसक्ने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved