Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्राहक तान्न इन्टरनेट कम्पनिहरुकाे दसैँ अफर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2024
21 shares

काठमाडौँ । चाडबाड नजिक आएसँगै ग्राहक आफूतिर तान्न विभिन्न कम्पनीहरूले योजना सार्वजनिक गरेका छन् । अर्थतन्त्र चलायमान हुने यो समयमा आफ्नो उत्पादन थप बिक्री गर्नका लागि हरेक क्षेत्रका कम्पनीले केही न केही अफर ल्याउँछन् । त्यसमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि योजना सार्वजनिक गरेका छन् । इन्टरनेट सेवा प्रदायकमध्ये केहीले दसैँ अफर सार्वजनिक गरिसकेका छन् भने केहीले गर्ने योजनामा छन् । # वर्ल्डलिंकमा कार जित्न सकिने 

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दसैँ तिहारलाई लक्षित गरेर ‘कार्निभल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बम्पर उपहारमा ‘नामी’ ब्रान्डको विद्युतीय कार राखिएको छ ।

नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवै खालका प्रयोगकर्ता यो योजनामा सहभागी हुन सक्नेछन् । तर खल्तीबाट भुक्तानी गर्ने उपभोक्ता मात्रै यसमा सहभागी हुन पाउने वर्ल्डलिंकले जनाएको छ । त्यसका साथै सामसङ र बोटका विभिन्न सामग्रीमा ३९ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।

# क्लासिक टेकको निःशुल्क इन्टरनेट

क्लासिक टेकले दसैँ लक्षित ‘तिमीलाई पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ । कम्पनीले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट र टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने जनाएको छ ।

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेटका साथै टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेटका साथै टिभी बोनस पाउनेछन् । यस योजना अन्तर्गत डुवल ब्याड राउटर समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

रिफर अफर १२५ एमबीपीएसदेखि ३०० एमबीपीएस सम्मको १ वर्षको इन्टरनेट र टिभी जडान गर्दा लागू हुनेछ । १२५ एमबीपीएस जडान गर्दा प्रतिमहिना ३०३ रुपैयाँ र २०० एमबीपीएस जडानमा प्रति महिना ५९१ रुपैयाँ लाग्ने क्लासिक टेकले जनाएको छ ।

# डिशहोमको तीन महिना बोनस 

डिशहोमले चाडपर्व लक्षित ‘खुसीको सेलिब्रेसन’ योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले तीन महिनाको इन्टरनेट बोनस प्राप्त गर्नेछन् । २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक इन्टरनेट प्याकेजहरूमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

# सुविसुको एक महिना निःशुल्क

इन्टरनेट सेवा प्रदायक सुविसुले रिफर अफर ल्याएको छ । यो अफरअन्तर्गत इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क प्रयोग गर्न पाउनेछन् । यसमा एक महिनाको इन्टरनेट तथा क्लियर टिभी दुवै निःशुल्क दिइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved