Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2024
39 shares

जनकपुरधाम । जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले नेपाली काँग्रेस र नेकपा ऐमालेद्वारा प्रस्तावित भइरहेको संशोधन जनताको समानुपातिक प्रतिनिधित्व र समावेशिताको अधिकार खोस्ने प्रतिगमन हो ठहर गर्दै त्यस्को विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

उक्त सभामा माओवादी केन्द्रको नेता पूर्वमन्त्री मधेश राष्ट्रिय मुक्ति मोर्चा, नेपालको इन्चार्ज मातृका यादव, पूर्व राष्ट्रिय सभा सदस्य तराई-मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लाल, मधेश राष्ट्रिय मुक्ति मोर्चाको संयोजक र संविधानसभा सदस्य जगत प्रसाद यादव, एकीकृत समाजवादीको नेता शीतल झा, नेपाल सद्भावना पार्टीको का. वा. अध्यक्ष रामकुमार महतो, जनाधिकार पार्टीको अध्यक्ष मो. इमदाद गड्डी, पूर्व मन्त्री माओवादी नेता महेन्द्र पासवान, मधेश प्रदेशका पूर्व मन्त्रीहरू भरत साह, ज्ञानेन्द्र यादव, बोधमाया यादव, नेसपाको महासचिव पवन कुमार साह, महोत्तरी गापाको अध्यक्ष दिलिप पाणडेय, तमलोपाका नेताहरु असगर अली, बिभा ठाकुर र सतीश लाल दासले आ-आफ्नो विचार राखेका थिए ।

तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले सरकारको स्थायित्वको कुरा उठाउँदै के को स्थायित्व भ्रष्टाचार, भूटानी शरणार्थी, सुन तस्करी, ललिता निवास जग्गा घोटाला, गिरीबन्धु टी-स्टेटको जग्गा घोटाला काण्ड वा सहकारीको माध्यमले जनताको पैसा हडप्ने जस्ता कुराहरुको निमित्त स्थायित्व ? भन्ने प्रश्न राखेका थिए । उनले शासक समूहहरु वर्चस्वको निमित्त संविधानमा अनुचित संशोधन गरेर जनताले ठूलो संघर्ष गरेर जे जति अधिकार प्राप्त गर्न सकेका छन् त्यसलाई उल्टाउने षडयन्त्र भइरहेको आरोप लगाए ।

लालले भ्रष्टाचार अन्त्य गर्ने, भागबन्डा, भाईभतीजावाद समाप्त गर्ने र विधिको शासन मजबूत गर्नेतिर बहस किन भइरहेको छैन भन्ने प्रश्न उठाए । उनले अग्रगामी संविधान संशोधनको मांग गर्दै प्रतिगामी कुरा गरे कडा संघर्षको बाध्यता हुने चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशको मुद्दाको मामिलामा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल डटेर संघर्ष गर्ने कहिल्यै पछाडि नहुने भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्धति, समानुपातिक समावेशिताको गारन्टी र समग्र मधेश एक प्रदेश हाम्रो लक्ष्य रहेको बताए । वहाँले प्रतिगमनको हामीले डटेर मुकाबिला गर्नेछौं र यसको निमित्त हामी तयार छौं भने ।

आज सम्पन्न खबरदारी सभामा प्रायसः सबै वक्ताहरुले संविधान संशोधन गरी प्रदेशको सीमांकनमा पहचान आधारित सुधार र समग्र मधेश एक प्रदेश, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक निर्वाचनको क्षेत्र प्रदेश हुनु पर्ने, थ्रेस होल्ड हटाइनु पर्ने, प्रादेशिक राजनीतिक दलहरुलाई मान्यता दिनु पर्ने, मांग राखेका थिए । वक्ताहरुले प्रतिनिधिसभाबाट समानुपातिक निर्वाचन हटाइने प्रस्तावको कडा बिरोध गरेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेले पंचायतको एक दलीयताको तर्जमा दुईदलीयता लाद्न खोजेको र बहुदलीयता मास्ने षडयन्त्र गरिरहेको आरोप वक्ताहरुको थियो ।

संयुक्त मधेश संघर्ष समितिले मधेशका सबै जिल्लाहरुमा यस्तै खबरदारी सभा आयोजन गरी आन्दोलनको तयारी गर्ने समेत बताइएको छ । आज सम्पन्न उक्त सभामा सबै संघीयतावादी पहचानवादी दलहरुलाई सत्ताको दलदलबाट निस्केर गोलबन्द हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved