Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली जनप्रगतिशिल मोर्चा युएई र नेपाली जनप्रगतिशिल मन्च युएई बीच एकता प्रकृया सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 4, 2024
219 shares

कृष्ण कुँवर, अबुधाबी । नेकपा (बहुमत) समर्थित प्रवास संगठन नेपाली जनप्रगतिशील मोर्चा युएई र नेकपा (माओवादी केन्द्र) समर्थित नेपाली जनप्रगतिशील मन्च युएई बीच एकता प्रकृया सम्पन्न भएको छ।

दुबईमा भएको बैठकपछी जनप्रगतिशिल मन्च यूएईका अध्यक्ष लक्ष्मण खनाल र नेपाल जनप्रगितिशिल मोर्चा यूएईका इंचार्ज सम्मर खत्रीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै एकता प्रक्रिया सपन्न भएको बताए।

सहिदहरुको सम्झना गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ -नेकपा (माओवादी) को नेतृत्वमा सुरु भएको १० बर्षे महान जनयुद्ध र त्यसको बलमा भएको जनआन्दोलन, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा व्यवस्था र समाज रुपान्तरण एवं परिवर्तनका लागि ज्यानको आहुति दिनुहुने ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं।

सबै परिवर्तनकारी शक्ति एक हुनुपर्ने बताऊंदै विज्ञप्तिमा भनिएको छ – महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी) ले संचालन गरेको जनयुद्धको बलमा भएको जनआन्दोलन २०६२/६३ तत्कालीन राजनैतिक दलहरु संग भएको १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको जगमा बनेको नेपालको संविधान र त्यसले निर्दिष्ट गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक र समाबेशिता सहितको संविधानको कार्यान्वयनको लागी सम्पुर्ण मुक्तिकामी र परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने आजको आवश्यकता रहेको बताईएको छ।

पार्टी विभाजनले क्षति पुगेको स्विकार्दै क्षतिबाट एकजुट हुनुपर्ने बताईएको छ। जनयुद्धबाट आएका शक्तिहरु टुटफुट र विभाजन हुंदा प्रतिकृयावादी शक्तिहरुले परिवर्तनका विरुद्ध प्रतिगामी कदम चाल्न सक्ने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलव्धीहरुलाई षड्यन्त्रमुलक ढंगले सिध्याउने र देशलाई पुरानै स्थितिमा लैजान सक्ने अवस्था छ । त्यसैले परिवर्तनकारी शक्तिहरुको आजको आवश्यकता फुटेर होइन जुटेर मात्रै प्राप्त उपलव्धीको रक्षा गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले हामी विभिन्न समयमा भएका पार्टी बिभाजन र त्यसबाट पार्टी र आन्दोलनलाई पुगेको क्षतिबाट शिक्षा लिदै नेपालको माओवादी आन्दोलनलाई जनताको चाहना बमोजिम समृद्ध नेपालको लागि प्रत्यक्ष सुशासन सहितको भ्रष्टाचारमुक्त राष्ट्रको प्रत्याभुति दिलाउनका लागि माओवादी शक्तिहरु फेरी पनि एकताबद्ध हुन ढिलाइ गर्न नहुने हाम्रो निष्कर्ष सहित मिति १ सेप्टेम्बर २०२४ का दिन दिन नेकपा (बहुमत) समर्थित प्रवास संगठन नेपाली जनप्रगतिशील मोर्चा युएई र नेकपा (माओवादी केन्द्र) समर्थित नेपाली जनप्रगतिशील मन्च युएई बीच एकता प्रकृया सम्पन्न भएको घोषणा गर्दछौ ।

टुटफुट र विभाजनले सिंगो आन्दोलनलाई पुगेको क्षतिबाट शिक्षा लिदै सम्पुर्ण पार्टी, नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुमा माओवादी आन्दोलनमा आपसी मतभेदहरु त्यागेर एकीकृत हुदै अघि बढ्न अपील गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved