Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेका शणार्थि याेगेशले नक्कलि माओवादी बनेर हतियार तस्करि गर्थे : माओवादी नेता आङ्बाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2024
18 shares

माेरङ। नेकपा (माओवादी केन्द्र) का नेता एवं कोशी प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संकटकालमा नक्कली माओवादी बनेर हातहतियारको कारोबार र चन्दा असुली गरेको आरोप लगाएका छन् ।

शुक्रबार कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले संकटकालमा नक्कली माओवादी बनेर चन्दा असुली र हात हतियारको कारोबार गरेका योगेशले जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले योगेशलाई ‘एमालेको शरणार्थी’ संज्ञा दिए । योगेशको आरोप एमालेले समेत संस्थागत रुपमा स्वीकार नगरेको उनको दाबी छ । एक जना शरणार्थीको आरोपलाई माओवादीले ठूलो कुरा नमानेको उनले बताए । सो कुरालाई माओवादीले आवश्यक परेको ठाउँमा प्रतिवाद गर्ने पनि उनले बताए ।

‘हामी लडेकाहरुले यसलाई जनयुद्ध भनौंला । सम्मानीय प्रधानमन्त्रीज्यूले संविधानको मर्मअनुसार सशस्त्र द्वन्द्व भन्नुभएको छ । यसलाई हामी स्वीकार्छौं । तर, एक जना माननीयज्यू सो संकटकालको बेला हतियार, खरखजनाको कारोबार गर्नुहुन्थ्यो । उहाँले हतियार खरखजनाको काम नक्कली माओवादी बनेर गर्नुभयो र नक्कली माओवादी बनेर चन्दा असुलीको धन्दा गर्नुभयो ।’

उनले भने, ‘उहाँ एक जना माननीयज्यूले यो क्रान्तिलाई हिंसा भन्नु भएको छ । हामीलाई मान्य छैन, संस्थागत रुपमा त्यो दलले पनि यसलाई स्वीकारेको छैन जस्तो लाग्छ । मैले अहिले के भन्ने गरेको छु भने– त्यो दलको एक जना शरणार्थीले यो आन्दोलनको गरिमामाथि गरेको प्रहारलाई हामीले सामान्य रुपमा लिएका छौनौं ।

संस्थागत रुपमा त्यो दलले भनेको होईन, एक जना शरणार्थीले बोलेको कुरालाई हामीले धेरै ठूलो विषय लिँदैनौं । आवश्यक ठाउँमा प्रतिवाद गर्ने नै छौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved